गोधुली रनिङ कप,फाइनलमा वडा १३ को भेट १७ सँग

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १३ ले फाइनलमा स्थान सुरक्षित गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहिबार भएको रोमाञ्चक दोस्रो सेमीफाइनल खेलमा वडा नम्बर २७ लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउदै वडा १३ ले फाइनलमा वडा १७ सँग भेट पक्का गरेको हो ।
वडा १७ ले भने बुधबार वडा १५ लाई हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । बिहिबार निर्धारित समयको खेल १– १ को बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय भएको हो ।
निर्धारित समयको खेलमा पहिलो हाफमा वडा २७ ले गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफको २४ औं मिनेटमा वडा १३ को गोलकिपर अघि बढेको मौकामा वडा २७ का तपन कार्कीले विट गर्दै सुन्दर गोल गरेका थिए । तर, दोस्रो हाफको २५ औं मिनेटमा वडा १३ का रविन लिम्बुले बराबरी गोल गर्दै खेललाई टाइब्रेकरमा पु¥याए । निश्चल श्रेष्ठको क्रस पासमा रविनले हेडमार्फत गोल गरेका थिए ।
पेनाल्टी सुटआउटमा राजकुमार राई गोल गर्नबाट चुकेपछि वडा २७ को फाइनल खेल्ने सपना तुहियो । उनको प्रहारलाई वडा १३ का गोलकिपर खगेन भण्डारीले रोकेका थिए । पेनाल्टीमा वडा २७ बाट गजेन्द्र दाहाल, भुपाल निरौला, एकेन्द्र कार्की र प्रितिमान राई मात्र गोल गर्न सफल भए । वडा १३ बाट भने सुविन लिम्बु, खगेन खड्का, अरविन चाहार, निश्चल श्रेष्ठ र अशोक कटवालले पेनाल्टी सुटआउटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच वडा १३ को गोलकिपर खगेन भण्डारी घोषित भए । प्रतियोगिताको फाइनल पुष ८ गते शनिबार वडा १३ र वडा १७ बीच हुनेछ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे