गोधुली रनिङ कप, वडा २७ सेमीफाइनलमा

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर २७ सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा वडा ११ लाई ४–३ को गोलअन्तरले हराउदै वडा २७ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
 अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा वडा २७ का तपन कार्कीले ह्याट्रिक गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । तपनले पहिलो हाफमा २ गोल गरेका थिए भने दोस्रो हाफमा थप एक गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । वडा २७ को लागि एकेन्द्र कार्कीले थप एक गोल गरेका थिए ।
वडा ११ को लागि पहिलो हाफमा मनोज राईले एक गोल गरे भने दोस्रो हाफमा वडा २७ का प्रितिमिान राईले वडा ११ को लागि आत्मघाती गोल उपहार दिएका थिए । यस्तै, थप एक गोल वडा ११ का अमोद राईले गरेका थिए । सो खेलको म्यान अफ दि म्याच ह्याट्रिक गरेका तपन कार्की घोषित भए । वडा २७ ले सेमीफाइनलमा वडा १६ र वडा १३ को विजेताको सामना गर्नुपर्नेछ । प्रतियोगितामा सोमबार वडा १७ र वडा २७ बीच तेस्रो क्वार्टरफाइनल खेल हुने आयोजक गोधुली क्लबले जनाएको छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे