गोधुली रनिङ कप ,वडा १३ सेमीफाइनलमा

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १३ सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफइनल खेलमा वडा नम्बर १६ लाई टाइब्रेकरमा ५–४ को गोलअन्तरले हराउदै वडा १३ अन्तिम चारमा पुगेको हो ।
 निर्धाारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । वडा १३ बाट भने टाइब्रेकरमा सुविन याक्खा, खगेन खड्का, अरबिन चौहान, निशान्त श्रेष्ठ र अशोक कटवालले गोल गरे भने वडा १६ बाट भने रञ्जित भुजेल, शैलेन्द्र नेपाल, रोशन राई र विपिन लिम्बुले मात्र टाइब्रेकरमा गोल गरे । वडा १६ का विष्णु तामाङ गोल गर्नबाट चुकेपछि वडा १३ ले सेमीफाइनल यात्रा तय ग¥यो । विष्णुको प्रहार पोलमा ठोक्किएर बाहिरिएको थियो । खेलको म्यान अफ दि म्याच वडा १६ का रञ्जित भुजेल घोषित भए । वडा १३ ले माघ ६ गते सेमीफाइनलमा वडा २७ को सामना गर्नेछ । प्रतियोगितामा बुधबार पहिलो सेमीफाइनल खेल वडा १७ र वडा १५ बीच हुनेछ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे