गोधुली रनिङ कप, वडा नं ६ विजयी

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर ६ ले विजयी शुरुवात गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आइतबार भएको खेलमा वडा नम्बर १२ लाई ३–२ गोलअन्तरले हराउदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा आकाश राई, क्षितिज राई र सरोज राईले गोल गर्दै वडा ६ लाई विजयी गराए । वडा १२ का खेलाडी अजय राई एक्लैले २ गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा पहिलो हाफको २५ औं मिनेटमा आकाश राईले हेडमार्फत गोल गर्दै वडा नं ६ लाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको १० औं मिनेटमा वडा १२ का अजय राईले पेनाल्टी अवसरमा बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए । वडा १२ का खेलाडीको डि एरियाभित्र ह्याण्ड वल भएपछि वडा ६ ले पेनाल्टी प्रहारको मौका पायो । पेनाल्टीमा अजय चुकेनन् । लगत्तै १३ औं मिनेटमा अजयले नै दर्शनीय गोल गर्दै वडा नम्बर १२ लाई २–१ के अग्रता दिलाए ।
तर, दोस्रो हाफको २३ औं मिनेटमा वडा ६ का क्षितिज राईले गोल गर्दै खेल पुनः बराबरीको स्थितिमा पु¥याए । दिनेश मगरले प्रहर गरेको कर्नर वललाई वडा १२ का खेलाडीले डि बक्सबाट क्लियर गर्न नसकेको मौकामा क्षितिजले जाली चुमाएका थिए । खेल २–२ गोलको रोमाञ्चक स्थितिमा चलिरहदा दोस्रो हाफको अन्तिम मिनेटमा वडा नम्बर ६ का सरोज राईले गोल गर्दै टिमलाई विजयी बनाए । निर्णायक गोल गरेका अजय खेलको म्यान अफ दि म्याच पनि घोषित भए । उनलाई आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राईले ट्रफी हस्तान्तरण गरे । प्रतियोगितामा सोमबार पहिलो खेल वडा नम्बर १८ र वडा नम्बर ३ बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर ११ र वडा नम्बर २२ बीच हुने आयोजकले जनाएको छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे