गोधुली रनिङ कप,वडा २३ र १६ क्वार्टरफाइनलमा

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर २३ र वडा १६ क्वार्टरफाइनल प्रवेश गरेको छ । धरानको एन्फा टेक्निकल सेन्टरमा शुक्रबार भएको पहिलो खेलमा वडा नम्बर २३ ले वडा ८ लाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हराउदै क्वार्टरफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयको खेल एक एक गोलको बराबरीमा टुंगिए पछि टाइब्रेकरबाट निर्णय भएको हो । टाइब्रेकरमा वडा २३ का गोविन्द कार्की र अनिष मगर गोल गर्न चुके पनि किरण मगर, पवन मगर र पर्वत देवानले गोल गर्दै टिमलाई क्वार्टरफाइनलमा पु¥याए । गोविन्दको प्रहार गोलकिपरले रोकेका थिए भने अनिषले बाहिर प्रहार गरेका थिए । यस्तै, वडा ८ का मनिष घले, सविन मगर र रिपेश अग्रवाल गोल गर्नबाट चुके । वडा ८ बाट सिमन लिम्बु र अमर लिम्बुले मात्र टाइब्रेकरमा गोल गरे । मनिषको पहिलो प्रहार बहिरिएको थियो भने सविनको प्रहार वडा २३ का गोलकिपरले रोकेका थिए । रिपेशले पनि बाहिर प्रहार गरे ।
निर्धारत समयको खेलमा पहिलो हाफ गोलरहित खेलेपनि दोस्रो हाफमा वडा ८ ले अग्रता लिएको थियो । दोस्रो हाफको ९ मिनेटमा संगम राईले गोल गर्दै वडा ८ लाई अग्रता दिलाए  । तर, २७ औं मिनेटमा वडा २३ का अनिष मगरले बराबरी गोल गरेर खेल टाइब्रेकरमा पु¥याएका थिए । सो खेलका म्यान अफ दि म्याच वडा २३ का अनिष मगर घोषित भए ।
दोस्रो खेलमा वडा १६ ले वडा नम्बर ७ लाई ३–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय ग¥यो । पहिलो हाफको ८ मिनेटमै आशिष राईले गोल गर्दै वडा 16 लाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा वडा १६ ले वडा ७ बाट आत्मघाती गोल उपहार पाएको थियो । दोस्रो हाफको ३२ औं मिनेटमा सुदिप गुरुङले तेस्रो गोल गर्दै वडा १६ को जित सुनिश्चित गरे । सो खेलको म्यान अफ दि म्याच वडा ७ का टाइसन राई घोषित भए । प्रतियोगितामा शनिबार वडा 18 र वडा १५ बीच खेल हुनेछ ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे