पाँच स्रष्टालाई सम्मान

धरान । कवि शिरोमणी लेखनाथ पौड्यालको १३३ औं जन्मजयन्तीको अवसरमा धरानका ५ जना साहित्यकारहरु सम्मानित भएका छन् । कवि शिरोमणी साहित्य साधना समाजले शुक्रबार साहित्यकार कुन्ता शर्मा, भिष्म काफ्ले, श्री सुब्बा, प्रह्लाद भट्टराई पहरेदार र शिवराज भण्डारीलाई सम्मान गरेको हो ।
धुलिखेल समाजको अतिथि भवनमा समाजद्धारा आयोजिते पुर्वाञ्चलस्तरीय कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रममा पाँच स्रष्टाहरुलाई सम्मान गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्मा, प्रमुख अतिथि एवं साहित्यकार गंगा सुवेदी र बिशिष्ट अतिथि नारायणप्रसाद शर्मा कट्टेलले दोसल्ला एवं सम्मान पत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा साहित्यकार उपेन्द्र पागललाई सम्मानका साथै ‘स्व. प्राध्यापक टिकाप्रसाद वस्ती पुरस्कार’ प्रदान गरिएको थियो । यस्तै, सम्मान पत्रसहित ‘सिद्धिकर्ण भागीरथी प्रतिभा पुरस्कार’ प्रा. डा. भरतप्रसाद भट्टराईलाई प्रदान गरियो । ‘बराह ज्वेलरी दलित स्रष्टा पुरस्कार’ साहित्यकार रविमान लम्जेललाई दिइएको थियो । लम्जेल अनुपस्थित भएकोले उनलाई पछि पुरस्कार प्रदान गरिने बराहका प्रशासकीय अधिकृत गंगा कालिकोटेले जानकारी दिए ।
सोही कार्यक्रममा आयोजित प्रतियोगितात्मक कविता वाचनमा छानिएका १५ कविताहरु वाचन गरिएको थियो । ती मध्ये पनि झापाका कवि राजन सुवेदी प्रथम भए भने इटहरीकी कवयित्री पुस्तिका भण्डारी दोस्रो, धरानका कवि जोन रवट बिक तेस्रो र पाँचथरकी कवयित्री बादलदेवी चाम्लिङले सान्त्वना पुरस्कार पाए । उनीहरुले क्रमशः नगद पुरस्कार १० हजार, ५ हजार, ३ हजार र २ हजारसहित प्रमाण पत्र हात पारे । कविता प्रतियोगिताको निर्णायकमा प्रा.डा. गोपाल भण्डारी, उप प्राध्यपाक दीपक न्यौपाने र साहित्यकार श्रीसुब्बा रहेका थिए ।
कार्यक्रममा सह प्राध्यापक हरिप्रसाद दाहालले कविशिरोमणि लेखनाथ पौड्यालको योगदानबारे प्रकाश परेका थिए भने प्रह्लाद भट्टराई पहरेदार, उपेन्द्र पागल, गोपाल भण्डारी, अम्बरराज ढकाल लगायतले पनि बोलेका थिए । धुलिखेल समाजमा कार्यक्रम शुरु हुनु अघि धरान १६ लेखनाथ चोकस्थित कवि शिरोमणी पौडेलको सालिकमा माल्र्यापण गरिएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे