आरम्भको थिएटर हल सिलान्यास
धरान । धरानको सुस्ताएको रङ्गमञ्चीय सँस्कृतिलाई ब्युताउने उद्देश्यले आरम्भ नाट्य डबलीले आप्mनै रङ्गमञ्च हल(थिएटर) निर्माण गर्ने भएको छ । आरम्भले धरान २१ स्थित खैरेनीटारमा निर्माण गर्न लागेको थिएटर हलको सोमबार एक समारोहबीच सिलान्यास भएको छ । थिएटर हलको संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति एवं साहित्यकार सरुभक्त, सर्वनाम थिएटरका अध्यक्ष अशेष मल्ल, सांसद कृष्णकुमार राई, अग्रज पत्रकार राजकुमार कार्कीले संयुक्तरुपमा सिलान्यास गरेका थिए ।
सिलान्यास कार्यक्रममा सनातन हिन्दु, किरात र बौद्ध धर्मअनुसार पण्डित, फेदाङ्मा र लामाले विधि तथा पुजापाठ गरेका थिए । आरम्भका अनुसार थिएटर हलको लागि डेढ कट्ठा जग्गा खरीद गरिएको छ । रङ्गमञ्चीय सँस्कृति तथा गतिविधिलाई दिगोपन दिलाउनको लागि थिएटर हल बनाउने निर्णय गरिएको आरम्भका अध्यक्ष गोपाल देवानले बताए । आरम्भले बनाउने भनिएको हल करिब २० लाख खर्च हुने अनुमान गरिएको छ । ईञ्जिनियरसमेत रहेका आरभका उपाध्यक्ष सचिन क्षेत्रीका अनुसार थिएटर हल प्रि फेब्रिकेटेट बोर्डले निर्माण गरिनेछ । जुन भुकम्प प्रतिरोधी हुनेछ भने पछि अन्यत्र सार्न पनि सजिलो हुनेछ । स्टेजतर्फ गहिरो संरचना निर्माण हुने थिएटरमा सय जना दर्शक अट्ने क्षमताको हुनेछ । यो हलमा साउण्ड सिस्टम विना नै कलाकारहरुले नाटक मञ्चन गर्नेछन् । प्रकाश(लाइट)को मात्र व्यवस्था गरिने यो हल साउण्ड र लाइट प्रुफ पनि हुनेछ । पुर्व क्षेत्रमा हाल विराटनगरमा मात्र आरोहण गुरुकुल(थिएटर) छ ।
रङ्गमञ्चको क्षेत्रमा धरान अग्रणी शहर भएर पनि थिएटर हलको अभावमा यहाँको रङ्गमञ्च सुस्ताएको निष्कर्ष पछिल्लो समय रङ्गकर्मीहरुले निकालेका थिए । रङ्गकर्ममा कलाकारहरु आकर्षित भए पनि थिएटर नहुदा नियमित नाटक मञ्चन गर्न नपाउदा उनीहरु पलायन हुनुपरेको थियो । थिएटर हल नहुदा एउटा नाटक मञ्चन गर्न कम्तीमा डेढ लाख खर्च लाग्ने गर्छ । थोरै मुल्यको टिकट बिक्री गरेर यो खर्च कलाकारहरुलाई जुटाउन सम्भव हुन्न । आरम्भ स्वयम् पनि डेढ दशकसम्म सुस्ताएपछि गत बैशाखदेखि पुनः रङ्गमञ्चीय गतिविधिमा आफुलाई सक्रिय बनाएको हो । त्यसयता आरम्भले अभिनय प्रशिक्षण दिलाउनुका साथै गोष्ठीसमेत गरेको थियो । ‘धरानमा १९९७ सालदेखि नै रङ्गमञ्च हुन थालेको इतिहास छ, तर खहरे खोला जस्तो मात्र भयो । यस्तो किन भयो भनेर निष्कर्ष निकाल्दा यहाँ राम्रो रङ्गमञ्च हलको अभाव खट्कियो’–अध्यक्ष देवानले भने–‘रङ्गमञ्च हल र साधन स्रोत नहुदा नयाँ कलाकारहरु जन्मिनै छोडे, पुरानालाई पनि टिक्न गाह्रो भयो, त्यसैले रङ्गकर्मलाई बचाउन र गतिशिल बनाइराख्न थिएटर बनाउने निर्णय ग¥यौं ।’
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले धरानमा थिएटर ह लबनेपछि नाटक निरन्तर मञ्चन भएर पुर्वमा नाट्य जागरण हुने आशा व्यक्त गरे । यस्तो थिएटर निर्माणमा सरकारकोतर्फबाट पनि सहयोग दिलाउन ध्यानाकर्षण गराउने उनले बताए । ‘धरानमा नाट्याशाला निर्माण हुनु ज्यादै खुशीको कुरा हो, आरम्भ जागरुक भएको छ, यसले पुर्वमै नाट्य जागरण ल्याउने आशा राख्छु’–उनले भने । चालिसको दशकमा धरानको नाट्य क्षेत्र उर्बर थियो । त्यसैबेला सर्मपण, अनाम, आरम्भ, सृष्टीलगायत प्रतिनिधि नाट्य समुह स्थापित भएको थियो भने त्यसबेला धराने रङ्गमञ्चले काठमाण्डौंलाई चुनौती दिने सामथ्र्य राख्थ्यो । ०४५ सालमा स्थापना भएको आम्भ ०५७ सालसम्म सक्रिय रह्यो । त्यसबीचमा आरम्भले ३ दर्जन नाटकहरु मञ्चन एवं प्रर्दशन गरेको थियो ।
समुहले ०४५ सालमा पहिलो नाटक आदिविनाको अन्त्य मञ्चन गरेको थियो । ‘शिशु प्रजातन्त्र र युद्ध अझै जारी छ’, आदिविनाको अन्त्य, अधुरो क्यान्भास, यिनीहरु देश खोजिरहेछन्, दमनको राप आरम्भले मञ्चन गरेको चर्चित नाटक हो । ०४५ सालमा आदिविनाको अन्त्य मञ्चन गर्दा लेखक गोपाल देवानलाई पञ्चायती प्रहरीले पक्राउ गरेको थियो भने सोही बर्ष राष्ट्रिय नाटक मेलामा सुरज सुब्बा नाल्बो अभिनित एकल नाटक अधुरो क्यान्भासलाई दर्शकहरुले औधी मन पराएको थियो । दर्शकहरुको अनुरोधमा राष्ट्रिय नाचघरमा पुनः ५ शो प्रर्दशन गर्नुपरेको थियो । ०४७ सालमा सडक बालबालिकाको समस्यामा आधारित पहिलो नाटक ‘यिनीहरु देश खोजीरहेका छन्’ले बाल नाटक मेलामा प्रथम र नाटक महोत्सवमा सान्त्वना पुरस्कार पाएको थियो । ०४७ सालमा प्रदर्शित बहुचर्चित नाटक दमनको राप धरानदेखि काकडभिट्टासम्म ३२ औं पटक प्रर्दशन भएको थियो भने ०४८ सालमा महानन्द सापकोटा पुरस्कार पनि पाएको थियो ।

Comments
Post a Comment