गोधुली रनिङ कप,वडा १५ सेमीफाइनल प्रवेश

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १५ सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा १८ लाई २–० गोलअन्तरले हराउदै वडा १५ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
वडा १५ का कप्तान सुवर्ण हाङखिम लिम्बु र वसन्त बानियाले गोल गर्दै वडा १५ लाई सेमीफाइनलमा स्थान दिलाए । प्रतियोगितामा सेमीफाइनल पुग्ने वडा १५ पहिलो टिम हो । वडा १५ ले माघ ३ गते हुने वडा १७ र २३ बीचको विजेतासँग माघ ५ गते सेमीफाइनलमा भिड्नेछ । शनिबारको खेलमा वडा १५ ले दुवै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा दुवै टिमले गोलको प्रयास गरेपनि सम्भव भएन ।
तर, दोस्रो हाफको १७ औं मिनेटमा वडा १५ का कप्तान सुवर्ण हाङखिमले गोल गरे । वडा १५ का खेलाडीहरुले डि बक्सबाट क्लियर गर्न नसकेको वललाई जाली चुमाउदै उनले टिमलाई अग्रता दिलाए । यस्तै, २४ औं मिनेटमा वसन्त बाँनियाले दोस्रो गोल गर्दै वडा १५ को जित सुनिश्चित गरे । सो खेलको म्यान अफ दि म्याच वडा १५ का उज्वल चेम्जोङ घोषित भए । प्रतियोगितामा आइतबार वडा ११ र वडा २७ बीच दोस्रो क्वार्टरफाइनल खेल हुने आयोजक गोधुली क्लबले जनाएको छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे