पानवारी भलिवल कप शुरु

धरान । पुर्वाञ्चलव्यापी दोस्रो पानवारी भलिवल रनिङ कप बुधबारदेखि शुरु भएको छ । धरान २३ पानवारीमा शुरु भएको प्रतियोगितामा दुई विभागिय टिमसहित झापा, मोरङ र सुनसरीका गरी कुल ८ टिमले भाग लिएको छ ।
बुधबार भएको खेलमा जित हात पार्दै झापा टाइगर क्लब, पुर्व क्षेत्रीय प्रहरी रानी, पुर्वी पृर्तना हेडक्वार्टर इटहरी र डुम्रहा खेलकुद विकास समिति सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री बोइज युनियन पानवारीलाई झापा टाइगरले २५–६ र २५–१३ को सोझो सेटमा हराउदै सेमीफाइनल यात्र तय ग¥यो । अनुभवी र राम्रो टिमसेट भएको झापाको अघि घरेलु मैदानमा आयोजक निरिह बनेको थियो ।
दोस्रो खेलमा बाँझगरा युवा क्लब धरानलाई २५–१३ र २५–१२ को सोझो सेटमा हराउदै पुर्वी पृतना हेडक्वार्टर पनि सेमीफाइनल प्रवेश ग¥यो भने तेस्रो खेलमा साविक विजेता त्रिवेणी युवा क्लबलाई स्तब्ध पार्दै पुर्व क्षेत्रीय प्रहरी कार्यालय पनि अन्तिम चारमा पुग्यो । पुर्व क्षेत्रीय प्रहरीले २५–१८ र २५–१८ को सोझो सेटमा साविक विजेताको चुनौतीलाई पन्छाएको थियो । प्रतिस्पर्धात्मक चौथो खेलमा डुम्रहा खेलकुद विकास समितिले याङसिला युवा क्लबलाई २५–२० र २५–१६ को सोझो सेटमा हराउदै डुम्रहा सेमीफाइनलमा स्थान सुरक्षित ग¥यो ।
प्रतियोगितामा बिहिबार पहिलो सेमीफाइनल खेल झापा टाइगर र पुर्वक्षेत्रीय प्रहरी कार्यालयबीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल पुर्वी पृर्तना हेडक्वार्टर र डुम्रहा खेलकुद विकास समितिबीच हुनेछ । खेल अघि आयोजित समारोहमा राष्ट्रिय खेलकुद विकास समितिका सदस्य शम्भु आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए भने निर्णायकलाई वल हस्तान्तरण गरेर खेलको शुरुवात गरेका थिए । प्रतियोगिताको विजेताले नगद ३० हजारसहित ३० तोला चादीको रनिङ ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद २० हजार हात पार्नेछ । यस्तै, प्रतियोगिताको वेष्ट स्पाइकर, वेष्ट लिफ्टर र वेष्ट डिफेन्सलाई पुरस्कार पनि दिइने आयोजक क्लबका अध्यक्ष सुनिल भण्डारीले जानकारी दिए । प्रतियोगिताको फाइनल माग १ गते हुनेछ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे