गोधुली रनिङ कपमा वडा १५ र २७ क्वार्टरफाइनल प्रवेश
धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १५ र वडा २७ क्वार्टरफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार भएको दोस्रो चरणको पहिलो खेलमा वडा नम्बर १५ ले वडा २० लाई २–१ गोलअन्तरले हराउदै क्वार्टरफाइनल पुग्ने पहिलो टिम बन्यो ।वडा १५ का सुवर्ण सामखिम र सुभम कार्कीले गोल गर्दै टिमलाई क्वार्टरफाइनलमा पु¥याए । वडा २० का अमर राईको गोल भने सान्त्वनामा सिमित भयो ।
पहिलो हाफको खेल शुरु भएको ६ मिनेटमै सुवर्णले वडा १५ को लागि गोलको खाता खोलेका थिए । यस्तै, दोस्रो हाफको १६ औं मिनेटमा गोल गर्दै शुभमले टिमलाई २–० को अग्रता दिलाए । तर, दोस्रो हाफको २२ औं मिनेटमा वडा २० का अमरले गोल गर्दै खेलमा टिमलाई फर्काउने प्रयास गरेपनि सम्भव भएन । सो खेलको म्यान अफ दि म्याच वडा १५ का साजन लिम्बु घोषित भए ।
यस्तै, दोस्रो खेलमा वडा २७ ले १–० को झिनो गोलअन्तरमा वडा ६ लाई पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय ग¥यो । वडा २७ को जितमा तपन कार्कीले एक मात्र निर्णायक गोल गरे । उनले दोस्रो हाफको १९ औं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच पनि तपन नै घोषित भए । प्रतियोगितामा शुक्रबार धरान ८ र धरान २३ बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल धरान १६ र धरान ७ बीच हुनेछ ।





Comments
Post a Comment