१७ औं गोधुली कप शुरु, टाइब्रेकरमा वडा १५ विजयी(फोटोफिचर)

धरान । साविक विजेता धरानको वडा नम्बर १९ लाई टाइब्रेकर स्तब्ध बनाउदै वडा नम्बर १५ ले १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा विजयी शुरुवात गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको उद्घाटन खेलमा वडा १९ लाई वडा १५ ले टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो ।
वडा नम्बर १९ गोधुली कपको सर्वाधिक उपाधि विजेता टिम पनि हो । वडा १९ ले पाँचौं, सातौं, आठौं, एघारौं, बाह्रौं र सोह्रौं सँस्करण जितेको थियो । वडा १५ ले भने चौधौं सँस्करण मात्र जितेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । वडा १५ का कप्तान सुवर्ण सामेखामको पहिलो प्रहार नै आकासिएको थियो भने आसुतोष राईको प्रहार पोलमा ठोक्किएको थियो । तर, रोमन लिम्बु, शुभम कार्की र वसन्त बाँनियाको प्रहार गोलमा परिणत भएपछि वडा १५ ले उपाधि दौडमा आफुलाई कायम राख्यो ।
साविक विजेता वडा १९ बाट योगश राई र शेखर लिम्बुले मात्र टाइब्रेकरममा गोल गरे । योगेशको पहिलो प्रहार गोलमा परिणत भएपनि क्रमश ः प्रमोद राई, सबु राई र विनय राई गोल गर्न चुकेका थिए । प्रमोदको प्रहार पोलमा ठोक्कियो भने सुबको प्रहार वडा १५ का गोलकिपर प्रविन लिम्बुले रोके । यस्तै, विनयको प्रहार पनि बाहिरिएको थियो ।  खेलको म्यान अफ दि म्याच वडा नम्बर १५ का रोमन लिम्बु घोषित भए । उनलाई पुर्वाञ्चल क्षेत्रीय फुटबल संघका सदस्य दिपक राईले ट्रफी प्रदान गरे ।
गोधुली क्लबद्धारा आयोजित प्रतियोगिता माघ ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन सुनसरी क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार राईले गरेका थिए । प्रतियोगितामा धरानका २७ वटा वडाहरुमध्ये २० वटाले भाग लिएको अध्यक्ष देशकुमार राईले जानकारी दिए । प्रतियोगितामा धरानका सम्बन्धित वडा समितिले टिम तयार गरेर भाग लिने गर्छ भने खेलाडी सोही वडाको वासिन्दा हुनुपर्ने नियम छ ।
विजेताले ७५ हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले ४० हजार पाउनेछ । यस्तै, प्रतियोगिताका उत्कृष्ट घोषित खेलाडीले नगद नगद १० हजारसहित ट्रफी पाउनेछन् भने उदयीमान खेलाडी, हाई स्कोरर र फेयर प्ले टिमले नगद ५ हजार पाउनेछन् । यस्तै, उत्कृष्ट गोलकिपरले ३ हजार पाउनेछन् भने फाइनल खेलको म्यान अफ दि म्याचलाई पनि नगद २ हजार ५ सय दिइने क्लबले जनाएको छ । प्रतियोगितामा आइतबार धरान वडा नम्बर १२ र वडा नम्बर ६ बीच खेल हुनेछ ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे