गोधुली रनिङ कप, वडा १७ सेमीफाइनलमा

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १७ सेमीफाइनल प्रवेश गरेको छ । एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सोमबार सम्पन्न तेस्रो क्वार्टरफइनल खेलमा वडा नम्बर २३ लाई ५–३ को गोलअन्तरले हराउदै वडा १७ सेमीफाइनल प्रवेश गरेको हो ।
वडा १७ ले अब माघ ५ गते हुने सेमीफाइनलमा वडा नम्बर १५ को सामना गर्नेछ । वडा १५ ले यसअघि नै वडा १८ लाई पराजित गर्दै सेमीमा स्थान सुरक्षित गरिसकेको थियो ।
पहिलो हाफको ३ मिनेटमै वडा १७ ले खेलमा अग्रता लिएको थियो । फ्रि किकमा चाल्र्स राईले सुन्दर गोल गर्दै वडा १७ को खाता खोले । एक मिनेट पनि बित्न नपाउदै वडा १७ का यलम राईले गोल गर्दै गोलअन्तर दोब्बर बनाए भने १७ औं मिनेटमा जोशन राईले तेस्रो गोल गरे । यस्तै, दोस्रो हाफको २ मिनेटमै हेडमार्फत यलम राईले वडा १७ पुनः एक गोल गरे भने १५ औं मिनेटमा मिलन राईले पाँचौं गोल गर्दै वडा १७ को जित पक्का गरेका थिए ।
वडा २३ को लागि भने पहिलो हाफको १२ आंै मिनेटमा वडा १७ ले आत्मघाती गोल गरेको थियो । वडा १७ का सुजन शर्माले आफ्नै पोष्टमा गोल गरेपछि वडा २३ ले खाता खोल्यो । पहिलो हाफको ३३ औं मिनेटमा पर्वत देवानको पेनाल्टी प्रहार वडा १७ का गोलकिपरले रोकपनि रिबाउण्डमा पर्वतले नै गोल गरे । वडा २३ लाई तेस्रो गोल पनि वडा १७ ले आत्मघाती उपचार दिएको थियो । वैकल्पिक खेलाडीकोरुपमा मैदानमा छिरेलगत्तै दोस्रो हाफको ३० औं मिनेटमा वडा १७ का संयोग राईले आत्मघाती गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच वडा १७ का अश्विन तोलंगे घोषित भए । प्रतियोगितामा मंगलबार अन्तिम क्वार्टरफाइनल खेल वडा १३ र वडा १६ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे