गोधुली कपमा वडा २३ र ७ विजयी

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर २३ र वडा ७ विजयी भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको पहिलो खेलमा वडा २३ ले वडा नम्बर १० लाई १–० झिनो गोलअन्तरले हरायो । वडा २३ का गोविन्द कार्कीले पहिलो हाफको २७ औं मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए । लुसान रिजालको फ्रि किकमा वान भर्सेस वानको स्थितिमा वल पाएपछि गोविन्दले गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच वडा २३ का लुसान रिजाल भए ।
यस्तै, दोस्रो खेलमा वडा ७ ले टाइब्रेकरमा वडा १४ लाई पराजित ग¥यो । निर्धारित समयको खेलमा दुवै टोलीबाट एक एकको बराबरी गोलमात्र भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा वडा ७ का टाइसन वनेम, आशिष लिम्बु, शेखर राई र ड्यानियल लिम्बुले गोल गरे भने वडा १४ का सुदिप राई, सनिर तामाङ र बर्षात तामाङले मात्र गोल गर्न सफल भए । वडा ७ का सुदन मगर टाइब्रेकर प्रहारमा चुकेका थिए भने वडा १४ का सन्तोष राई र विटु तामाङ पनि गोल गर्न असफल भए ।
त्यसअघि, निर्धारित समयको खेलमा पहिलो हाफको २४ आंै मिनेटमा वडा ७ का ड्यानियल लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको १६ आंै मिनेटमा वडा १४ का सन्तोष राईले बराबरी गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच वडा ७ का गोलकिपर विमल श्रेष्ठ घोषित भए । प्रतियोगितामा बिहिबार वडा २० र वडा १५ बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल वडा २७ र वडा ६ बीच हुनेछ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे