वेभ रक टुरमा सविन

धरान । युवा पुस्तामाझ चर्चित गायक सविन राईको गृहनगर धरान हो । त्यसैले उनी धरान आउनु जानु सामान्य हो । तर, जब उनी स्टेजमा चढ्छन्, तब धरानमै ‘बारुद सल्काए’झै हुन्छ ।
उनका हरेक गितमा युवाहरु उतिकै साथ दिन्छन्, जति उनी स्टेजमा जोशिएर गाउछन् । उनको गायकी र स्टाइलबाट धराने युवायुवतीहरु पनि भुतुक्कै छन् । आप्mनै गीतलाई पनि उनी स्टेजमा नयाँपन दिएर गाइदिन्छन् । मंगलबार राती धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा आयोजित वेक रक टुरमा युवाहरुले उनको त्यही गायकी र स्टाइल देख्न, सुन्न पाए । युवा पुस्तामा उनको क्रेज अहिले पनि कम छैन भन्ने पनि रक टुरले प्रमाणित गरिदियो ।
उर्जा ब्याण्ड र १९७४ ए.डि.पछि सविन स्टेजमा देखा परेका थिए । १९७४ एडिले गुरासै फुल्यो.., छुदैन तिम्रो मायाले.., सानी को..लगायत आधा दर्जन मात्र गीत पस्कियो । अन्तिममा उद्घोषकले सविनको नाम लिनेबित्तिकै उनका प्mयानहरुमा उत्साह छायो । म संसार जित्ने आँट..बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका सविनले कालो कालो रातको..,मलाई अंगाली देऊ..,सुटुक्कै.., माया जालैमा..,तिमी नै हौ.., चपली हाइट.., तिम्रो आगमनले..जस्ता चर्चित गीतहरु सुनाएका थिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे