गोधुली कपको तयारी पुरा

धरान । चर्चित बुढासुब्बा गोल्डकपभन्दा पनि जेठो प्रतियोगिता अन्तर वडास्तरीय १७ आंै रेडबुल गोधुली फुटबल रनिङ कपको तयारी पुरा भएको छ । आयोजक गोधुली क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै पुष २३ गतेदेखि माघ ८ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगितामा धरानका विभिन्न २० वटा वडाहरुले सहभागिता जनाउने क्लबले जनाएको छ । गएको सँस्करणमा भने २२ वटा वडाले भाग लिएको थियो । ‘प्रतियोगिताको तयारी लगभग पुरा भइसकेको छ, सहभागी वडाहरु निश्चित भइसक्यो । प्रचारप्रसारलाई तीब्रता दिइरहेका छौं’–क्लबका अध्यक्ष देशकुमार राईले भने । धरानको कुल २७ वटा वडामध्ये वडा नम्बर १, २, ४, ५, ९, २४ र २५ ले प्रतियोगितामा भाग लिएको छैन । प्रतियोगितामा धरानका सम्बन्धित वडा समितिहरुले टिम तयार गरेर भाग लिने गर्छ भने खेलाडी सोही वडाको वासिन्दा हुनुपर्ने नियम छ ।
प्रतियोगिताको पुरस्कार राशीमा पनि वृद्धि गरिएको आयोजकले जनाएको छ । गत सँस्करणमा ५० हजार रहेको प्रथम पुरस्कारलाई बढाएर ७५ हजार पु¥याइएको छ भने ३५ हजार रहेको उपविजेता(दोस्रो)को नगद राशीलाई ४० हजार पु¥याइएको उपाध्यक्ष सतिश केसीले बताए । गत बर्षको उपाधि वडा नम्बर १९ ले जितेको थियो भने उपविजेता वडा नम्बर ११ भएको थियो ।
प्रतियोगिताका उत्कृष्ट घोषित खेलाडीले नगद नगद १० हजारसहित ट्रफी पाउनेछन् भने उदयीमान खेलाडी, हाई स्कोरर र फेयर प्ले टिमले नगद ५ हजार पाउनेछन् । यस्तै, उत्कृष्ट गोलकिपरले ३ हजार पाउनेछन् भने फाइनल खेलको म्यान अफ दि म्याचलाई पनि नगद २ हजार ५ सय दिइने क्लबले जनाएको छ । प्रतियोगितामा कुल ५ लाख ७९ हजार एक सय खर्च हुने अनुमान गरिएको छ । गत सँस्करणमा क्लबले ३ लाख २५ हजार नाफा कमाएको थियो । गोधुली कप २०५० सालबाट शुरु भए पनि बीचमा केही बर्ष रोकिएको थियो ।
.........................................................................

                                बुढासुब्बा गोल्डकपमा अवसर पाउने

गोधुली कपमा उत्कृट खेल प्रर्दशन गर्ने खेलाडीहरुले चर्चित बुढासुब्बा गोल्डकपको  आगामी सँस्करणमा खेल्ने मौका पाउने भएका छन् । गोल्डकपको आयोजक धरान फुटबल क्लबले १९ औं सँस्करणमा २ वटा सहभागी गराउनेछ । दुई मध्ये एउटा टिम(बि टिम)को लागि गोधुली कपमा उत्कृष्ट खेल्ने प्रतिभावान खेलाडीहरु छनौट गरेर अवसर दिइने क्लबका महासचिव प्रताप तामाङले बताए । ‘धरानको २ वटा टिममध्ये एउटामा नयाँ प्रतिभावन खेलाडीहरुलाई मौका दिनेछौं’–महासचिव तामाङले भने–‘गोधुली कपमा धरानको धेरै वडाका खेलाडीहरु खेल्छन्, ती खेलहरु खेलेर खेलाडी छनौट गछौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे