गोधुली रनिङ कप, वडा १७ र १३ विजयी

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १७ र वडा १३ विजयी भएको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको पहिलो खेलमा वडा १८ ले वडा २६ लाई ४–१ गोलअन्तरले हरायो । वडा १७ को जितमा चाल्र्स राई, प्रविन राई, मिलन राई र यलम्बर राईले एक एक गोल गरेका थिए । शुरुदेखि नै खेलमा वडा १७ हावी बनेको थियो । पहिलो हाफको १२ औं मिनेटमा वडा १७ को लागि चाल्र्स राईले गोलको खाता खोले । एक मिनेट पनि बित्न नपाउदै प्रविन राईले दोस्रो गोल गरेर पहिलो हाफमा वडा १७ लाई २–० को अग्रता दिलाए ।
यस्तै, दोस्रो हाफको ५ मिनेटमा मिलन राईले तेस्रो गोल गरे भने १९ औं मिनेटमा यलम्बरले वडा १७ को लागि चौथो गोल गरे । वडा २६ का सुजन राईले दोस्रो हाफको २८ औं मिनेटमा गोल गरेपनि सान्त्वनामा सिमित भयो । सो खेलको म्यान अफ दि म्याच वडा नम्बर १७ का जोशन राई घोषित भए ।
यसैगरि, दोस्रो खेलमा वडा नम्बर १३ ले वडा २१ लाई ५–०को फराकिलो गोलअन्तरले हारायो । वडा १३ को जितमा प्रकाश लिम्बुले २ गोल गरे भने खगेन खड्का, निमेष शाही र दोर्जे तामाङले एक एक गोल गरे । पहिलो हाफको खेल शुरु भएको ३ मिनेटमा नै खगेन खड्काले वडा १३ को लागि पहिलो गोल गरेका थिए भने २४ औं मिनेटमा निमेषले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको १६ र २३ मिनेटमा प्रकाश लिम्बुले लगातार गोल गर्दै गोलअन्तर ४–० को स्थितिमा पु¥याए भने २५ औं मिनेटमा दोर्जे तामाङले पाँचौ गोल गर्दै जित सुनिश्चित गरे । सो खेलको म्यान अफ दि म्याच वडा १३ का दोर्जे तामाङ भए । प्रतियोगितामा बुधबार वडा १० र वडा २३ बीच पहिलो खेल हुनेछ भने वडा १४ र वडा ७ बीच दोस्रो खेल हुनेछ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे