रुद्राक्षको व्यापार खस्कियो
धरान । चीनका उपभोक्ताहरुले गुणस्तरीय मात्र खरीद गर्न थालेपछि दुई बर्षयता रुद्राक्षको व्यापार खस्किएको छ । यसले व्यापारी भन्दा बढी रुद्राक्ष खेती गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन् । नेपालमा उत्पादन हुने रुद्राक्षको सबैभन्दा ठुलो बजार चीन हो । करिब ६ बर्ष अघिदेखि नेपालमा उत्पादन भएको रुद्राक्ष अत्यधिक मात्रामा चीन खपत हुन थालेको थियो । रुद्राक्ष खरीद गर्न चीनीया व्यापारीहरु आफै उत्पादन हुने पहाडी जिल्लामै पुग्ने गर्थे । किसानहरुले भाउ पनि राम्रो पाएका थिए ।
दुई बर्षयता भने चीनीयाहरुले गुणस्तरीय रुद्राक्ष मात्र खरीद गर्न थालेपछि व्यापार खस्किएको किसान तथा व्यापारीहरुको भनाई छ । विगत ४ बर्षदेखि रुद्राक्षको खेती र व्यापार दुवैमा संलग्न धनकुटा ६ का सनम नेवा खड्गीका अनुसार यो बर्ष पनि पहाडी जिल्लामा रुद्राक्षको उत्पादन अत्यधिक छ । तर, बजारले कोल्टे फेरेपछि रुद्राक्ष बिक्री नभएर किसानहरु चिन्तित छन् । ‘रुद्राक्षको उत्पादन अत्यधिक छ, तर बजारले कोल्टे फे¥यो । व्यापार खस्किएर किसानहरु मारमा परेका छन्’–खड्गीले भने–‘चीनीयाहरुले दाना(रुद्राक्ष)को स्तर हेरेर मात्र खरीद गर्न थालेपछि यस्तो भएको हो ।’
पुर्वी पहाडी जिल्लामध्ये संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्छ । त्यसपछि भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ । संखुवासभा र भोजपुरको राम्रो नगदेबालीकोरुपमा रुद्राक्ष रहेको छ । ठाउँ अनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने समय(सिजन) पनि फरक छ । विगतमा चीनमा भएको मागले राम्रो भाउ पाएका किसानहरु यो बर्ष भने निराश छन् । धरानका रुद्राक्ष व्यापारी प्रेमप्रसाद पराजुलीका अनुसार पहिलो चीनीया व्यापारीहरुले जस्तै पनि रुद्राक्ष खरीद गरेर लैजाने गर्थे । तर, पोहोर सालदेखि गुणस्तरीय रुद्राक्ष मात्र खरीद गर्न थालेपछि व्यापार खस्किदै गएको हो । ‘गएको बर्ष त सिजनको अन्त्यतिर मात्रै चीनीयालो गुणस्तरीय लैजान्छ भन्ने कुरा व्यापारीले थाह पाए । यो बर्ष त शुरुदेखि नै नेपालका व्यापारीले पनि गुणस्तरीय मात्र किन्ने भएकोले किसानहरु मारमा परे’–उनले भने ।
व्यापारीहरुका अनुसार चीनमा हातको ब्रासलेट, घाँटीमा माला, डेकोरेसनलगायत फेशनकोरुपमा प्रयोग हुने भएकोले नेपालमा रुद्राक्षको माग बढेको थियो । रुद्राक्षको दानामा प्राकृतिकरुपमा नै बुट्टा हुने भएकोले चीनीयाहरुमा यसप्रति आकर्षण छ । करिब ६ बर्षअघिदेखि चीनमा रुद्राक्षको माग भएपनि वास्तविक किसानहरुल भने ३ बर्षयता मात्र त्यसबारेमा थाह पाएका थिए । विगतमा ५ मुखे पनि जस्तोसुकै रुद्राक्ष लैजाने चीनीयाहरुले अहिले गोलो, चिल्लो, मिलेको, बुट्टा राम्रो भएको र शरीरमा लगाउदा नबिझाउने दाना मात्र रोजेर लैजान थालेका छन् । ‘पहिला जस्तो सुकै दाना लैजान्थे, अहिले रोजेर गुणस्तरीय मात्र लैजान्छन् । रुद्राक्षको व्यापार खस्किनुको मुख्य कारण यही हो’–व्यापारी पराजुलीले भने ।
यद्यपी, गुणस्तरीय रुद्राक्षले अहिले पनि राम्रो भाउ पाउने व्यापारीहरु बताउछन् । पराजुलीका अनुसार ४, ५ र ६ मुखे दानाको गुणस्तर हेरिकन प्रतिकिलो १५ रुपैयादेखि डेढ लाख रुपैयासम्म पाउछन् । अरु मुखे रुद्राक्षको मुल्य भने गोटागन्तीको हिसाबले हुने गर्छ । ‘८ देखि १२ मुखे रुद्राक्ष प्रतिगोटा एक हजारदेखि ३ हजारसम्म पर्छ । १३ मुखेदेखि माथि रुद्राक्षको आकार, जातअनुसार गोटागन्ती अनुसार भाउ पनि बढ्छ’–पराजुलीले भने । चीन निर्यात नभएका रुद्राक्षको वैकल्पिक बजार भारत हो । बर्षमा कोशी पहाडी जिल्लाबाट मात्र बर्षमा करिब ६ लाख किलो जति रुद्राक्ष भारत निर्यात हुने व्यापारीहरुको अनुमान छ ।
...........................
व्यापारीहरुका अनुसार सरकारको दोहोरो नीतिले किसानले बारीमा फलेको २, ४ किलो रुद्राक्षलाई व्यापारीको हातसम्म पु¥याउन सकेका छैनन् । झोलामा थोरै रुद्राक्ष बोकेर बजार लैजादा प्रहरीले पक्राउ गरिदिने गरेका छन् । एउटै राजपत्रमा छोडपुर्जी आवश्यक नपर्ने र पुनः लगत प्रमाणित फारम भर्नुपर्ने दोहोरो नीति सरकारले ल्याएको किसान तथा व्यापारीहरुको गुनासो छ ।
‘छोडपुर्जी नचाहिने भनेर किसानलाई जिल्ला वन कार्यालयमा पुग्नै पर्ने सास्तीबाट राहत दिन खोजियो,तर त्यही राजपत्रमा लगत फारम भर्नुपर्ने भनेर फेरी दुःख दिने काम गरियो’–व्यापारी प्रेमप्रसाद पराजुली भन्छन्–‘गाउँका किसानहरु २, ४ किलो रुद्राक्षको लागि जिल्ला धाइरहन सक्दैनन्, बरु उनीहरुलाई एउटा बजार(केन्द्र) तोकेर त्यही नै कर लिने व्यावस्था गरिदिनुपर्छ ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडा भने छुटपुर्जी नभएका रुद्राक्षलाई मात्र पक्राउ गरेर वनमा बुझाउने गरेको बताउछन् । आफ्नो ११ महिने कार्यालयमा मात्र एक जनालाई पक्राउ गरेको उनले सुनाए । सुनसरीका जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद निरौला भने व्यापारीक प्रयोजनको लागि ओसारपसार गर्नलाई इजाजत एवं छुटपुर्जी आवश्यक भएको बताउछन् । ‘किसानहरुलाई गाउँघरमा नै संकलन गर्न त समस्या भएन, तर व्यापारिक प्रयोजनलाई आवातजावत गर्न भने इजाजत ने चाहिन्छ’–डिएफओ निरौलाले भने–‘कसैको २, ४ बोट मात्र रुद्राक्ष छ भने पनि दर्ता गर्दा राम्रो हुन्छ । अरु जातका रुखहरुसँगै निजी वनकोरुपमा दर्ता गरे सहज हुन्छ ।’
दुई बर्षयता भने चीनीयाहरुले गुणस्तरीय रुद्राक्ष मात्र खरीद गर्न थालेपछि व्यापार खस्किएको किसान तथा व्यापारीहरुको भनाई छ । विगत ४ बर्षदेखि रुद्राक्षको खेती र व्यापार दुवैमा संलग्न धनकुटा ६ का सनम नेवा खड्गीका अनुसार यो बर्ष पनि पहाडी जिल्लामा रुद्राक्षको उत्पादन अत्यधिक छ । तर, बजारले कोल्टे फेरेपछि रुद्राक्ष बिक्री नभएर किसानहरु चिन्तित छन् । ‘रुद्राक्षको उत्पादन अत्यधिक छ, तर बजारले कोल्टे फे¥यो । व्यापार खस्किएर किसानहरु मारमा परेका छन्’–खड्गीले भने–‘चीनीयाहरुले दाना(रुद्राक्ष)को स्तर हेरेर मात्र खरीद गर्न थालेपछि यस्तो भएको हो ।’
पुर्वी पहाडी जिल्लामध्ये संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्छ । त्यसपछि भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ । संखुवासभा र भोजपुरको राम्रो नगदेबालीकोरुपमा रुद्राक्ष रहेको छ । ठाउँ अनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने समय(सिजन) पनि फरक छ । विगतमा चीनमा भएको मागले राम्रो भाउ पाएका किसानहरु यो बर्ष भने निराश छन् । धरानका रुद्राक्ष व्यापारी प्रेमप्रसाद पराजुलीका अनुसार पहिलो चीनीया व्यापारीहरुले जस्तै पनि रुद्राक्ष खरीद गरेर लैजाने गर्थे । तर, पोहोर सालदेखि गुणस्तरीय रुद्राक्ष मात्र खरीद गर्न थालेपछि व्यापार खस्किदै गएको हो । ‘गएको बर्ष त सिजनको अन्त्यतिर मात्रै चीनीयालो गुणस्तरीय लैजान्छ भन्ने कुरा व्यापारीले थाह पाए । यो बर्ष त शुरुदेखि नै नेपालका व्यापारीले पनि गुणस्तरीय मात्र किन्ने भएकोले किसानहरु मारमा परे’–उनले भने ।
व्यापारीहरुका अनुसार चीनमा हातको ब्रासलेट, घाँटीमा माला, डेकोरेसनलगायत फेशनकोरुपमा प्रयोग हुने भएकोले नेपालमा रुद्राक्षको माग बढेको थियो । रुद्राक्षको दानामा प्राकृतिकरुपमा नै बुट्टा हुने भएकोले चीनीयाहरुमा यसप्रति आकर्षण छ । करिब ६ बर्षअघिदेखि चीनमा रुद्राक्षको माग भएपनि वास्तविक किसानहरुल भने ३ बर्षयता मात्र त्यसबारेमा थाह पाएका थिए । विगतमा ५ मुखे पनि जस्तोसुकै रुद्राक्ष लैजाने चीनीयाहरुले अहिले गोलो, चिल्लो, मिलेको, बुट्टा राम्रो भएको र शरीरमा लगाउदा नबिझाउने दाना मात्र रोजेर लैजान थालेका छन् । ‘पहिला जस्तो सुकै दाना लैजान्थे, अहिले रोजेर गुणस्तरीय मात्र लैजान्छन् । रुद्राक्षको व्यापार खस्किनुको मुख्य कारण यही हो’–व्यापारी पराजुलीले भने ।
यद्यपी, गुणस्तरीय रुद्राक्षले अहिले पनि राम्रो भाउ पाउने व्यापारीहरु बताउछन् । पराजुलीका अनुसार ४, ५ र ६ मुखे दानाको गुणस्तर हेरिकन प्रतिकिलो १५ रुपैयादेखि डेढ लाख रुपैयासम्म पाउछन् । अरु मुखे रुद्राक्षको मुल्य भने गोटागन्तीको हिसाबले हुने गर्छ । ‘८ देखि १२ मुखे रुद्राक्ष प्रतिगोटा एक हजारदेखि ३ हजारसम्म पर्छ । १३ मुखेदेखि माथि रुद्राक्षको आकार, जातअनुसार गोटागन्ती अनुसार भाउ पनि बढ्छ’–पराजुलीले भने । चीन निर्यात नभएका रुद्राक्षको वैकल्पिक बजार भारत हो । बर्षमा कोशी पहाडी जिल्लाबाट मात्र बर्षमा करिब ६ लाख किलो जति रुद्राक्ष भारत निर्यात हुने व्यापारीहरुको अनुमान छ ।
...........................
दोहोरो नीतिले किसान मर्कामा
विगतमा जस्तो रुद्राक्षको निर्यात चीनमा हुन नसकेर मात्र किसान मारमा परेका छैनन्, नेपाल सरकारकै दोहोरो नीतिको कारणले पनि मारमा छन् । २०७२ असोज २५ मा प्रकाशित नेपाल राजपत्रको भाग ३ को अनुसुची २५ मा दर्ता नभएको नीति वन धनीले ओसारपसार गर्न छोडपुर्जी लिनु नपर्ने वन पैदावरमा रुद्राक्षलाई पनि समावेश गरेको छ । तर, सोही राजपत्रको अनुसुची २९ मा वन पैदावर ओसारपसार लगतप्रमाणित फारम भर्नुपर्ने व्यावस्था गरिएपछि दोहोरो नीतिले किसानहरु मर्कामा परेको गुनासो छ । ‘पहिलो व्यवस्थाले किसानहरुलाई छोडपुर्जी चाहिदैन भन्यो, तर दोस्रोले लगत फारम भर्नुपर्ने भन्यो । यो दोहोरो नीतिले गर्दा किसानहरु धेरै समस्यामा छन्’–भोजपुर दिङ्लाका पोष्टराज राई भन्छन्–‘किसानले २, ४ बोटमा उत्पादन गरेको रुद्राक्षलाई बजारसम्म पु¥याउन समस्या छ, प्रहरीले बीच बाटोमा नै समातिदिन्छ ।’व्यापारीहरुका अनुसार सरकारको दोहोरो नीतिले किसानले बारीमा फलेको २, ४ किलो रुद्राक्षलाई व्यापारीको हातसम्म पु¥याउन सकेका छैनन् । झोलामा थोरै रुद्राक्ष बोकेर बजार लैजादा प्रहरीले पक्राउ गरिदिने गरेका छन् । एउटै राजपत्रमा छोडपुर्जी आवश्यक नपर्ने र पुनः लगत प्रमाणित फारम भर्नुपर्ने दोहोरो नीति सरकारले ल्याएको किसान तथा व्यापारीहरुको गुनासो छ ।
‘छोडपुर्जी नचाहिने भनेर किसानलाई जिल्ला वन कार्यालयमा पुग्नै पर्ने सास्तीबाट राहत दिन खोजियो,तर त्यही राजपत्रमा लगत फारम भर्नुपर्ने भनेर फेरी दुःख दिने काम गरियो’–व्यापारी प्रेमप्रसाद पराजुली भन्छन्–‘गाउँका किसानहरु २, ४ किलो रुद्राक्षको लागि जिल्ला धाइरहन सक्दैनन्, बरु उनीहरुलाई एउटा बजार(केन्द्र) तोकेर त्यही नै कर लिने व्यावस्था गरिदिनुपर्छ ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडा भने छुटपुर्जी नभएका रुद्राक्षलाई मात्र पक्राउ गरेर वनमा बुझाउने गरेको बताउछन् । आफ्नो ११ महिने कार्यालयमा मात्र एक जनालाई पक्राउ गरेको उनले सुनाए । सुनसरीका जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद निरौला भने व्यापारीक प्रयोजनको लागि ओसारपसार गर्नलाई इजाजत एवं छुटपुर्जी आवश्यक भएको बताउछन् । ‘किसानहरुलाई गाउँघरमा नै संकलन गर्न त समस्या भएन, तर व्यापारिक प्रयोजनलाई आवातजावत गर्न भने इजाजत ने चाहिन्छ’–डिएफओ निरौलाले भने–‘कसैको २, ४ बोट मात्र रुद्राक्ष छ भने पनि दर्ता गर्दा राम्रो हुन्छ । अरु जातका रुखहरुसँगै निजी वनकोरुपमा दर्ता गरे सहज हुन्छ ।’
Comments
Post a Comment