गोधुली रनिङ कप, वडा १७ फाइनलमा

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १७ उपाधि नजिक पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक पहिलो सेमीफाइनल खेलमा वडा नम्बर १५ लाई सडन डेथमा ५–४ ले हराउदै वडा १७ ले फाइनलमा स्थान सुरक्षित ग¥यो ।
निर्धारित समयको खेल र पेनाल्टी सुटआउटमा पनि बराबरी गोल भएपछि सडन डेथमा वडा १७ ले बाजी मा¥यो । वडा १७ ले बिहिबार वडा १३ र वडा २७ बीच हुने खेलको विजेतासँग माघ ८ गते फाइनल खेल्नेछ । खेलमा वडा १७ का मिलन राईले पहिलो हाफका २५ आंै मिनेटमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक्लो प्रयासमा उनले दर्शनीय गोल गरे । जिततर्फ लम्की रहेको वडा १७ को लागि दोस्रो हाफको इञ्जुरी समयमा वडा १५ ले स्तब्ध बनायो । दश खेलाडीमा सिमित भएर दबाब खेपिरहेको वडा १५ का बसन्त बाँनियाले इञ्जुरी समयमा बराबरी गोल गरे । त्यसअघि, ४२ औं मिनेटमा वडा १५ का कप्तान सुवर्ण लिम्बुले दोहोरो पहेलो कार्ड पाएर मैदान छाडेपछि टिम दबाबमा थियो । उनी वडा १७ का गोलकिपर सन्तोष कार्कीसँग ठोकिदा किपर कार्की केहीबेर बेहोस भएका थिए ।
खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा पनि ४–४ गोल भयो । वडा १७ बाट हेमन्त थापा मगर, मिलन राई, सुजन शर्मा र जोशन राईले गोल गरे भने मनोज राईको प्रहार वडा १५ का गोलकिपरले रोकेका थिए । यस्तै, वडा १५ बाट आशुतोष राई, बसन्त बाँनिया, सन्तोष लिम्बु र शुभम कार्कीले गोल गरेपनि समीर लिम्बुको प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । सडन डेथमा वडा १५ का उज्वल चेम्जोङ गोल गर्नबाट चुके भने वडा १७ का चाल्र्स राईको प्रहार गोलमा परिणत भयो । चेम्जोङको प्रहारलाइ वडा १७ का किपर सन्तोष कार्कीले रोकेका थिए । सो खेलको म्यान अफ दि म्याच वडा १७ का हेमन्त थापा मगर घोषित भए । प्रतियोगितामा बिहिबार दोस्रो सेमीफाइनल खेल वडा १३ र वडा २७ बीच हुनेछ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे