धरानको बजेट एक अर्ब, नयाँ योजनाहरु समेटियो(फोटोफिचर)

उपमहानगरपालिकाले सोमबार आगामी आर्थिक बर्षको लागि कुल अनुमानित बजेट एक अर्ब ८७ लाख ७२ हजार रुपैया सार्वजनिक गरेको हो । जसमध्ये पुजीगत खर्च रकम ९१ करोड ४५ लाख ३६ हजार ८ सय हो भने चालु खर्च रकम ९ करोड ४२ लाख ३५ हजार २ सय हो ।अनुमानित कुल बजेटमध्ये ४० करोड भने एकीकृत शहरी विकास आयोजनाअन्र्तगत खानेपानी परियोजनाको हो । यो बजेटलाई अलग गर्दा उपमहानगरपालिकाको बजेट ६० करोड ८७ लाख ७२ हजार मात्र हुन आउछ । त्यसमध्ये पनि २० करोड ३५ लाख सामाजिक सुरक्षालगायत कार्यक्रमहरुको बजेट हो । जनसहभागिताबाट २ करोड र अनुदान तथा सहयोगबाट ४३ करोड ८४ लाख ७६ हजार आम्दानी हुने अनुमान गरिएको छ । उपमहानगरको आन्तरिक आय भने १५ करोड २ लाख ९६ हजार मात्र अनुमान छ ।

उपमहानगरपालिकाले नयाँ आयोजनाकोरुपमा सर्दु तथा सेउती करिडोर निर्माण र त्यस क्षेत्रमा आवश्यक पुलहरु निर्माण गरी भित्री तथा बाहिरी चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ । यस्तै, एकीकृत बस्ती विकास तथा धरान विमानस्थल निर्माण, सडकपेटी अतिक्रमण नियन्त्रण, वधशाला निर्माण, खहरे खोला सडकपेटी निर्माण, भौडीमा व्यवस्थित बजार निर्माण, अस्पतालजन्य फोहोर र फोहोरबाट उर्जा उत्पादन कार्यलाई पनि बजेटले नयाँ योजनाकोरुपमा समेटेको छ । यस्तै, सर्दु जलाधार संरक्षण र सिमांकन कार्य गर्ने, प्रक्रिया पु¥याएर थाउजेण्ड बिग बुद्ध निर्माण गर्ने, कोकाह खोलामा बाँध बाध्ने र रिक्रिएशन पार्क निर्माण गर्ने, वडा नम्बर २४, २५ र २६ लाई संरक्षित क्षेत्र घोषणा गरी प्राणी उद्यान बनाउने तथा भानुचौकमा मल्टीप्लेक्स निर्माण गर्नेजस्ता महत्वकांक्षी योजनाहरुलाई यसै आर्थिक बर्षदेखि शुरुवात गर्ने घोषणा गरिएको छ । जनप्रतिनिधिविहन अवस्थामा यति धेरै नयाँ आयोजनाहरु समेटिएको यो पहिलो बजेट हो ।
बजेटले नयाँ आयोजनाहलाई समेटे पनि क्रमागत तथा अधुरो योजनाहरु, जनप्रतिनिधिविहिनता, विस्तारित भुगोल, बढ्दो चालु खर्च, बढ्दो जनअपेक्षा तथा सिमित स्रोत साधन, साझेदारी कोष जुटाउने सवाल, जनसहभागीता परिचालनको सवाल पनि बजेटको मुख्य चुनौती हुन् । धरानमा समावेश भएका नयाँ वडाहरुमा शहरी पुर्वाधार ज्यादै कम भएकोले तुलनात्मकरुपमा विकासित र कम विकसित सबै क्षेत्रमा योजना र सेवासुविधा पु¥याउदै विकास निर्माणमा सहभागी गराउनु पनि बजेटको चुनौती हो । कार्यक्रमका प्रमुख अतिथि एवं स्थानीय राज्यमन्त्री श्रीप्रसाद जवेगुले समृद्ध धरान बनाउन धरानबासीहरु नै एकजुट हुनुपर्ने बताए भने सुनसरी क्षेत्र नं १ का सांसद कृष्णकुमार राईले योजनाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गर्न सुझाव दिए । कांग्रेस नगरसभापति तिलक राई, एमाले नगरअध्यक्ष तारा सुब्बा, माओवादी केन्द्रका नगर संयोजक चोत्लुङले बजेट कार्यान्वयन गर्न सबै दलहरु एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।
==========================
उत्कृष्ट कर्मचारी, करदाता र विकासमा सहयोगीलाई सम्मान


Comments
Post a Comment