दमक–लखनपुर भेट्रानलाई उपाधि

धरान । दोस्रो पुर्वाञ्चल गोटबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापाको दमक–लखनपुर भेट्रान क्लबले जितेको छ । सोमबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा मोरङको डाँगीहाट भेट्रान क्लब ३–० गोलअन्तरले हराउदै दमकले उपाधि जितेको हो ।
दमक–लखनपुरको जितमा सुवास आङथुपोले २ गोल गरे भने विकास राईले एक गोल गरेका थिए । जितसँगै दमक–लखनपुरले नगद ७५ हजारसहित च्याम्पियन ट्रफी हात पा¥यो भने उपविजेता डाँगीहाटले नगद ४० हजारमा चित्त बुझायो ।खेलमा पहिलो हाफको ३१ औं मिनेटमा विकास राईले दमक–लखनपुरको लागि पहिलो गोल गरेका थिए । बाँकी दुवै गोल सुवास आङथुपोले दास्रो हाफमा गरेका थिए । दोस्रो हाफको २१ औं र २३ औं मिनेटमा उनले गोल गर्दै टिमको जित सुनिश्चित गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै दमक–लखनपुरका सुवासले नगद ५ हजारसहित ट्रफी हात पारे भने प्रतियोगिताअवधिभर ४ गोल गरेका उनले नगद ३ हजारसहितको हाइ स्कोररको पुरस्कार पनि पाए । फाइनल खेलको म्यान अफ दि म्याच पनि दमक–लखनपुरका सुसिल तामाङ घोषित हुदै नगद २ हजार पाए ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई आयोजक धरान भेट्रान क्लबका अध्यक्ष रोमी मोक्तान, प्रमुख अतिथि तथा एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, नेपाल वन पैदान उद्योग संघका सदस्य सोम परियारलगायतले पुरस्कार वितरण गरेका थिए । समापन समारोहमा अतिथि परियारले डाँगीहाटका खेलाडी स्माइल मिँयालाई व्यक्तिगत नगद २ हजार प्रदान गरेका थिए । यसैगरि, सोही समारोहमा नेपालका पुर्वअन्र्तराष्ट्रिय खेलाडी इन्दु रसाइलीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । सम्मानित रसाइली धरान निवासी हुन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे