गोधुली रनिङ कपमा वडा १३ च्याम्पियन(फोटोफिचर)

धरान । वडास्तरीय १७ औं रेडबुल गोधुली फुटबल रनिङ कपमा धरानको वडा नम्बर १३ ले नयाँ च्याम्पियनको इतिहास रचेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा उपाधिको दाबेदार वडा नम्बर १७ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै वडा १३ च्याम्पियन बनेको हो ।
प्रतियोगितामा पहिलो पटक फाइनल खेलेको वडा १३ ले इतिहास रच्दा छैटौं पटक उपाधि जित्ने वडा १७ को सपना अधुरै रह्यो । वडा १७ ले यसअघि गोधुलीको पहिलो, चौथो, आठौं, दशौं र १६ औं सँस्करणमा फाइनल खेलेको थियो । जितसँगै वडा १३ ले च्याम्पियन ट्रफीसहित नगद ७५ हजार हात पा¥यो भने उपविजेता वडा १७ ले नगद ४० हजारसहित उपविजेता ट्रफीमा चित्त बुझायो ।
यो पटक वडा १३ ले वडा नम्बर २७ लाई र वडा १७ ले वडा नम्बर २७ लाई सेमीफाइनलमा हराउदै फाइनल यात्रा तय गरेको थियो । दुवै टिमले सेमीफाइनलमा टाइब्रेकरमा जित पाएको थियो । फाइनलमा पनि वडा १३ टाइब्रेकरमा भाग्यमानी सावित भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको छिनोफानो भएको थियो । पेनाल्टी सुटआउटमा वडा १७ का मिलन राई र चाल्र्स राई चुकेपछि वडा १३ ले उपाधि चुम्यो । मिलनको प्रहार आकासिएको थियो भने चाल्र्सको प्रहार पोलमा ठोक्किएर बाहिरियो । वडा १७ बाट हेमन्त थापा मगर र सुजन शर्मा मात्र गोल गर्न सफल भए । वडा १३ बाट कप्तान खगेन खड्का गोल गर्न असफल भए पनि सुविन याक्खा, अरबिन चाहार, निश्चल श्रेष्ठ र अशोक कटवालले गोल गर्दै टिमलाई उपाधि दिलाए ।
प्रतियोगिताको टप युनिभर्सल उत्कृष्ट खेलाडी घोषित हुदै वडा १७ का हेमन्त थापा मगरले नगद १० हजार, टिसर्ट र ट्रयाक थापे भने सर्वाधिक ४ गोल गरेका वडा २७ का तपन कार्कीले नगद ५ हजार, टिसर्ट र ट्रयाकसहित हाइ स्कोररको पुरस्कार थापे । उदयीमान खेलाडी वडा १७ का अस्मिन तोलङ्गे, उत्कृष्ट गोलकिपर वडा १७ का सन्तोष कार्की र फाइनल खेलका सेन्ट जोसेफ म्याच अफ दि म्याच वडा १३ का विवेक राईले जनही नगद ३ हजारसहित टिसर्ट र ट्रयाक हात पारे । फेयर प्ले टिमको पुरस्कार वडा १८ ले पायो । प्रतियोगिताको विजेता, उपविजेता टिमका साथै पुरस्कृत खेलाडीहरुलाई आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राई, प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनप्रसाद राई, एन्फा क्षेत्रीय सदस्य दिपक राई, पुर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीलगायतले पुरस्कार वितरण गरेका थिए ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे