किरात जनसभाको तयारी पुरा


धरान । किरात राज्य सुनिश्चितताको लागि दबाबस्वरुप असोज २ गते शनिबार धरानमा आयोजना गर्न लागेको वृहत किरात जनसभाको तयारी पुरा भएको यायोक्खा केन्द्रीय समितिले जनाएको छ । यलम्बर स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै यायोक्खाले पहिचानवादी आन्दोलनलाई सशक्त बनाउन एवं संविधानमा पहिचानसहितको संघीयता सुनिश्चित गराउन जनसभा गर्न लागेको यायोक्खाले जनाएको छ ।
अध्यक्ष यशोदा राईले विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, आदिबासी जनजाति आन्दोलनसँग भएको सम्झौतालाई वेवास्ता गर्दै ल्याइने संविधानले अधिकार स्थापित नहुने भएकोले आन्दोलनको एउटा स्वरुपकोरुपमा नै जनसभा हुन लागेको बताइन् । उनले पुर्वका राई, लिम्बु, याक्खा, सुनुवारलगायत सबै जातजातिको पहिचान, सहअस्तित्व, सम्मानलाई किरात राज्य एवं प्रदेशले समेट्ने पनि बताइन् । यायोक्खाले जनसभाको प्रचारको लागि वाबु डाँडाबाट किरात प्रदेशलाई हेर्दा कार्यक्रम गरिसकेको छ भने किरात प्रदेशको पत्रकार र किरात राई विद्यार्थी संघबीच मैत्रीपुर्ण फुटबल, साँस्कृतिक कलाकार संघद्धारा चोक चोकमा सांगीतिक कार्यक्रम पनि आयोजना गरेको थियो । प्रचारकै क्रममा शुक्रबार १ बजेदेखि वृहत मोटरसाइकल र्याली आयोजना गर्ने यायोक्खाले जनाएको छ ।
यायोक्खाले ०६३ मा छैठौं महाधिवेशनबाट पुर्वी नेपालको १७ जिल्लालाई किरात राज्य घोषणाको माग अघि सारेको थियो । संविधानमा पहिचान र अधिकार सुनिश्चितताको लागि देशभर हिंसात्मक आन्दोलन भइरहदा यायोक्खाले भने किरात राज्यको लागि दबाबमुलक रचनात्मक एवं प्रचारात्मक कार्यक्रम मात्रै गर्ने घोषणा गरेको थियो । यायोक्खाले माग पुरा गराउन आफुले कहिल्यै बन्द,हडताल नगरेको जिकिर गर्दै भविष्यमा पनि नहुने बताएको छ । यायोक्खा पुर्वी नेपालमा बसोबास भएको राई जातिको छाता संगठन हो । किरातमा सभ्यता, वृहत जाति र भुगोल पनि भएकोले सबै जाति, समुदाय समेटिने यायोक्खाको धारणा छ । किरात राज्यअन्र्तगत नै लिम्बुवान र खम्बुवान उप स्वायत्तता हुनुपर्ने यायोक्खाको प्रस्ताव छ । पुर्वी नेपालको विभिन्न १४ जिल्ला समेटेर प्रमुख दलले प्रदेश नम्बर १ को सिमांकन गर्नुलाई सकरात्मक लिए पनि यायोक्खा सन्तुष्ट छैन ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे