कालोबजारी हुन नदिन युवा संघद्धारा ज्ञापन


धरान । युवा संघ नेपालले अघोषित नाकाबन्दीले अत्यावश्यक सामग्री आपूर्ति नहुदा चाडपर्वमा कृत्रिम अभाव सृर्जना गरी कालोबजारी हुनसक्ने भन्दै नियन्त्रण गर्न र आपुर्ति सहज बनाउन माग गर्दै सुनसरी उद्योग वाणिज्य संघ र इलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
संघको धरान उपमहानगर कमिटि र १ नम्बर क्षेत्रीय कमिटिले मंगलबार संयुक्तरुपमा ती दुवै निकायमा ज्ञापन पत्र बुझाएको हो । संघले बजारको प्रभावकारीरुपमा अनुगमन गर्न र अत्यावश्यक सामग्रीको आपुर्ति व्यवस्था सहज बनाउन पनि अनुरोध गरेको छ । संघका नगर अध्यक्ष राजेन्द्र राईले सम्बन्धित निकायले कालोबजारी नियन्त्रणमा सक्रियता देखाउन आग्रह गर्दै संगठनले थाह पाएमा कडा कारबाही गर्ने र त्यसको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी दिए ।

इलाका प्रशासन कार्यालयका प्रमुख सिताराम कार्कीलाई संघका केन्द्रीय सचिवालय सदस्य हिमाल लिम्बुले ज्ञापन पत्र बुझाएका थिए भने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठलाई केन्द्रीय सदस्य एवं सुनसरी इञ्चार्ज ज्ञानदिप लिम्बुले ज्ञापन बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै प्रशासन प्रमुख कार्कीले बजार अनुगमनबारे प्रजिअलाई जानकारी गराउने र निर्देशन आएपछि अनुगमन थाल्ने बताए । उवा संघका अध्यक्ष श्रेष्ठले कृत्रिम अभाव सृर्जना हुन नदिन र कलोबजारी नियन्त्रणको लागि संघले निरन्तर बजारमा अनुगमन गरिरहेको बताए । संघका वाणिज्य सचिव गिरीधारी सापकोटाले एक सातादेखि बजार अनुगमन गर्दै व्यापारीहरुलाई सचेत गराउदै आइरहेको उनले बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे