प्रथम गोठबहादुर स्मृति भेट्रान फुटबल शुरु, धनकुटाको टिम विजयी(फोटोफिचर)


धरान । पुर्व खेलाडीहरुको संगठन धरान भेट्रान फुटबल क्लबको आयोजनामा पुर्वाञ्चलको ठुलो पुरस्कार राशी भएको क्षेत्रीयस्तरको भेट्रान फुटबल प्रतियोगिता बुधबारदेखि धरानमा शुरु भएको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु भएको प्रथम पुर्वाञ्चल गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धनकुटाको पुर्वाञ्चल भेट्रान ब्रदर्श विजयी भएको छ । धनकुटाको टिमले धरानको पुर्वाञ्चल यातायात भेट्रानलाई २–१ गोलअन्तरले हरायो । धनकुटाको लागि पहिलो हाफमा पेनाल्टीमार्फत विमल गुरुङले पहिलो गोल गरेका थिए भने पहिलो हाफमा नै धरानका खेलाडीले आत्मघाती गोल गरेर धनकुटालाई २–० गोलअन्तरले अग्रता दिलाएको थिए ।
दोस्रो हाफमा धरानका सरन लिम्बुले सान्त्वना एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच घोषित हुदै धनकुटाका विमल गुरुङले मेहर्स कलेक्सनको तर्फबाट जर्सी पाए । प्रतियोगितामा शुक्रबार विराटनगरको सिएमजि भेट्रान क्लब र विराट भेट्रान क्लब कोशी हरैचाबीच स्पर्धा हुनेछ । प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न ११ वटा भेट्रान क्लबहरुले भाग लिएको छ । असोज २३ गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेताले ४० हजार रुपैया पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी र हाई स्कोररले जनही नगद ५ हजार पाउनेछ ।














Comments

  1. thanku Pablo (yo), i visited ur blog http://albumdeestampillas.blogspot.com it's very nice bt, i don't understand because of language. plz don't mind, ok.

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे