वाबु डाँडाबाट ‘किरात प्रदेश हेर्दा’कार्यक्रम(फोटोफिचर)

धरान । चित्रकारद्धय महेन्द्र राई र जीवन पौडेल धेरै पटक विष्णुपादुका(हाल धरान २४)स्थित वाबु डाँडा पुगेका थिए । त्यहाँबाट धरानको सम्पुर्ण दृष्यावलोकन गर्नुको आनन्द वयान गरी साध्य छैन । तर, दुवैलाई धरान नियाल्दा आइतबारको जस्तो अनौठो अनुभव भने यसअघि कहिल्यै भएको थिएन ।
त्यही ठाउँ, त्यही हेराई । तर, अनुभुति विल्कुल फरक । आइतबार दुवैले धरानको सुन्दरतालाई सतहीरुपमा हेर्नुमात्रै थिएन । धरानको सामग्रता पहिचानलाई क्यानभाषमा उतार्नु पनि थियो । दुवैले निक्कैबेर धरानलाई गहिरिएर नियाले अनि, डाँडाभन्दा केही पर प्रकृतिको काखमा बसेर रंग र ब्रससँग खेल्न थाले । ‘वाबु डाँडा आएर धेरेपटक धरान हेर्दै रमाइलो मान्यौ, तर आज जस्तो गम्भीररुपमा धरानलाई कहिल्यै नियालेको थिएनौं’–क्यानभाषमा धरानलाई उतार्दै गर्दा कलाकार राईले भने ।
वाबु डाँडाबाट धरानको सम्पुर्ण क्षेत्रलाई दृष्याअवलोकन गर्न सकिन्छ । त्यही भएर अचेल यो डाँडा चढ्ने धरानेहरु थुप्रै छन् । धरानबाट करिब ४ किलोमिटर दुरीको यो डाँडामा आइतबार भने किरात राई यायोक्खाको टोलीसँग कलाकार, पत्रकारको टोली पुगेको थियो । पुर्वी नेपालको १६ जिल्लालाई किरात राज्य घोषणाको माग गरिरहेको यायोक्खाले असोज २ गते धरानमा गर्न लागेको वृहत किरात जनसभाको प्रचार गर्न वाबु डाँडाबाट किरात प्रदेशलाई हेर्दा कार्यक्रम थियो । यायोक्खाले किरात राज्यको राजधानी धरानलाई प्रस्ताव गरेको र सांकेतिकरुपमा किरात प्रदेश कस्तो देखिन्छ भनेर कार्यक्रम गरिएको यायोक्खाले जनाएको छ । यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईको नेतृत्वमा गएको टोलीमा किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य रमेश राई, जनसभा प्रचार विभाग प्रमुख हिन्दुहाङ राई, पत्रकारहरु जनकऋर्षि राई, भोजराज श्रेष्ठ, विकास चाम्लिङ, उपेन्द्र चाम्लिङलगायत थिए ।
‘म धरानमै हुर्के, बसे तर यहाँ आइपुगेको थिइन । यो कार्यक्रमले नै ल्यायो । वास्तवमा यहाँबाट धरान जति सुन्दर देखिन्छ, किरात प्रदेश पनि सबै जातजाति, भाषाभाषी समेटिने यस्तै सुन्दर प्रदेश हुनुपर्छ’–किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य रमेश राईले भने । यायोक्खाका केन्द्री उपाध्यक्ष तिलक राईले सामाजिक सद्भाव, सह अस्तित्व र सहिष्णुताको लागि किरात प्रदेशको परिकल्पना गरिएको बताए । धरानलाई राजधानीकोरुपमा हेरिएकोले प्रतिकात्मकरुपमा किरात प्रदेश हेर्ने कार्यक्रम बनाइएको उनले खुलाए । ‘आफ्नो पहिचानकोलागि लडिरहेका संगठनहरुलाई सम्मान गछौं, मिल्ने बिषयमा एक भएर अघि बढ्न पनि आह्वान गछौं’–उनले भने ।
कार्यक्रमअन्र्तगत यायोक्खा केन्द्रीय उपाध्यक्षले डाँडामा यायोक्खाको झण्डोत्तलन पनि गरेका थिए । कार्यक्रमको लागि वाबु डाँडा पुगेको यायोक्खा, चित्रकार, पत्रकारको टोली पदयात्रा मार्फत त्यहाँ पुगेका थिए । उनीहरुले होम स्टेमा एक रात त्यही बिताए । प्रचारात्मक अभियानअन्र्तगत नै सोमबार किरात प्रदेशमा रहेका पत्रकार र किरात राई विद्यार्थी संघबीच मैत्रीपुर्ण फुटबल पनि सम्पन्न भएको छ । प्रचार विभागका अनुसार भदौ २९ गते किरात राई साँस्कृतिक कलाकार संघको साँस्कृतिक कार्यक्रम, भदौ ३० गते यायोक्खा अन्र्तगत विभिन्न भातृ संगठनबीच भाले जुधाई हुनेछ भने भदौ ३१ ग्ते किरात राई पत्रकार संघ र राई कलाकार संघबीच मैत्रीपुर्ण बास्केटवल प्रतियोगिता र भदौ ३१ गते किरात जनसभा आयोजक समितिले अन्तिम पत्रकार सम्मेलन गर्ने यायोक्खाले जनाएको छ ।


































Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे