राजधामी पनि लिम्बुवान आन्दोलनमा


धरान । अरुण–कोशी पुर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्यको मागमा सहमति जनाउदै नेपाल राजधामी उत्थान मञ्चले पनि संयुक्तरुपमा संघर्ष गर्ने जनाएको छ । लिम्बुवान संयुक्त संघर्ष समितिसँग भएको वार्तामा लिम्बुवान राज्यअन्र्तगत राजधामी बिशेष स्वायत्त क्षेत्र रहने बारे दुवै पक्षबीच सहमति भएपछि मञ्चले पनि संयुक्तरुपमा संघर्ष गर्ने भएको हो ।
ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान र सो अन्र्तगत राजधामी बिशेष स्वायत्त क्षेत्र छुट्याउने बिषयमा संघर्ष समिति र मञ्चबीच सहमति भएको छ । उक्त सहमतिमा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिं थाङ्देन र नेपाल राजधामी उत्थान मञ्चका अध्यक्ष डिल्लिराम राजधामीले हस्ताक्षर गरेका छन् । सहमतिबारे आयोजित पत्रकार सम्मेलनमा थाङ्देनले पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, संविधानमा लिम्बुवान स्वायत्त राज्य र त्यसमा राजधामी विषेश स्वायत्त क्षेत्र स्थापित गर्ने महत्वपुर्ण सहमती भएको बताए । यसले पहिचान र लिम्बुवानको आन्दोलनलाई थप उचाईमा पुर्याउने उनले दाबी गरे ।
सुनसरीको भरौल, महेन्द्रनगर, बक्लौरी र बराहक्षेत्र गाविसको ६ नम्बर वडालाई राजधामी बिशेष स्वायत्त क्षेत्र बनाउनुपर्ने मञ्चको प्रस्ताव छ । उक्त प्रस्तावमा लिम्बुवान संघर्ष समितिले सहमति जनाएपछि आफुहरु पनि संयुक्तरुपमा लिम्बुवान स्वायत्ताताको आन्दोलनमा सहकार्य भएको मञ्चका अध्यक्ष राजधामीले बताए । उनका अनुसार सुनसरीमा मात्रै राजधामीहरुको डेढ लाख जनसंख्या रहेको छ । साथै उनले लिम्बुवान राज्यअन्र्तगत अन्य थातथलो खुलेका राष्ट्रियताहरुलाईसमेत बिशेष संरचनामार्फत व्यवस्थित गर्न पनि आग्रह गरे ।
लिम्बुवान संघर्ष समितिमा यसअघि पुर्वमा थातथलो खुलेका सिङ्सा, याम्फु, लोहोरुङ, मेवाहाङ, याख्खा, रोङ÷लेप्चा, मेचे, राजबंशी, ताजपुरिया, खवास, धिमाल, उराव, झांगड, मधेशी मुस्लिम लगायत जातिका संस्थाहरु आवद्ध भइसकेको छ ।


Comments

  1. राजधामी स्वायत्त प्रदेश चाहिन्छ चाहिन्छ ।
    राजधामी युधिष्ठिरका वंश हुन्।
    पाण्डव वंश राजधामी, राई, लिम्बू ,,,,,

    ReplyDelete
  2. राजधामी स्वायत्त प्रदेश चाहिन्छ चाहिन्छ ।
    राजधामी युधिष्ठिरका वंश हुन्।
    पाण्डव वंश राजधामी, राई, लिम्बू ,,,,,

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे