धरानमा नयाँ संविधानको भव्य स्वागत(फोटोफिचर)


धरान । हिमाल, पहाड, तराई, कोही छैन पराई । आइतबार साँझ राष्ट्रपतिद्धारा नेपालको संविधान २०७२ घोषणा गरेलगत्तै धरानको छाताचोक क्षेत्रमा यही आवाज गुञ्जायमान भयो । लामो प्रतिक्षापछि जननिर्वाचित संविधानसभाबाट बनेको संविधानलाई धरानबासीहरुले भव्यरुपमा स्वागत गरे ।
साँझ ५ बजे राष्ट्रपतिद्धारा घोषणा हुने भनिएपनि केही ढिलो भएपछि विभिन्न वडाबाट भेला भएका नगरबासीहरुमा बेचैनी बढीरहेको थियो । राष्ट्रपतिद्धारा घोषण भएको खबर सार्वजनिक भएलगत्तै धरानबासीहरुले एकअर्कालाई अंकमाल गर्दै संविधान घोषणा भएकोमा खुशी र बधाई साटासाट गरे । अनि, हिमाल पहाड तराई, कोही छैन पराई भन्ने नारा गुञ्जाइरहे । लिम्बुवानवादी संगठन र नेकपा माओवादीले संविधानको विरोधमा बन्द आह्वान गरेपनि धरानको चोक चोकमा बिहानैदेखि संविधानको स्वागतमा भव्य तयारी भएको थियो । राजनीतिक दलसँगै सामाजिक, पेशागत संगठन एवं सर्वसाधारणहरु पनि स्वतस्फुर्तरुपमा संविधानको स्वागत गर्न छाताचोक पुगेका थिए । विभिन्न चोकबाट युवाहरु राष्ट्रिय झण्डासहित मोटरसाइकल र्याली निकाले । संविधानलाई स्वागत भन्दै नाराबाजी गरे ।
छाता चोकमा भव्य आतिशबाजी पनि गरियो । छाताचोकमा ७ प्रदेशसहितको संघीय गणतन्त्र नेपालको नक्सा कोरिएको थियो भने नेपालको संविधान ०७२ लाई स्वागत छ भनि लेखिएको थियो । युवा, वृद्ध, केटाकेटीहरु सबै संविधान जारी भएकोमा खुशी देखिन्थे । ‘लामो प्रतिक्षापछि संविधानसभाबाट संविधान जारी भएको छ, यो ठुलो उपलब्धी हो । हामीले आह्वान गर्यौं, सर्वसाधारणहरु आफै स्वतस्फुर्त आए’–कांग्रेस नगरसभापति किसोर राईले भने ।





















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे