पुर्वाञ्चल क्याम्पसमा अनुशासनहिन र गैरजिम्मेवारीपन बढ्दो
धरान । इञ्जिनियरिङ अध्ययन संस्थानअन्र्तगतको धरान ८, तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसमा असार तेस्रो सातातिर एक साताभित्र क्रमशः मेकानिकल र एग्रिकल्चरका विद्यार्थी आन्दोलित बने । विद्यार्थीहरुले त्यतिबेला आफ्नो माग लिएर शैक्षिक विभाग, क्याम्पस प्रमुख कार्यकक्षमा ताला लगाए ।
शिक्षकको लापरवाहीले बिइ सिभिल इञ्जिनियरिङ तेस्रो र चौथो बर्षको परीक्षाफल प्रकाशित हुन ढिलाई भएको भन्दै विद्यार्थीहरुले साउन ३० गते क्याम्पसमा तोडफोड, आगजनी र तालाबन्दी गरे । कुरा मिलेको १० दिन पुगेको थिएन, पुनः भदौ ११ गते इलेक्ट्रीकल एण्ड कम्युटर विभागअन्र्तगतका विद्यार्थीहरुले विभिन्न प्रशासनिक प्रमुखहरुको कुर्सी जलाउनुका साथै प्रशासनमा तालाबन्दी गरे । श्रृंखलाबद्ध आन्दोलन, तोडफोड, आगजनी र तालाबन्दी पुर्वाञ्चल क्याम्पसको लागि नौलो घटना होइन । क्याम्पसलाई धरानबाट अन्यत्र सारिनुपर्ने जस्तो गम्भीर माग लिएरसमेत यहाँ आन्दोलन चलेको विगत साक्षी छ ।
यो क्याम्पस कृर्षि इन्जिनियरिङ अध्यापन हुने नेपालको एक मात्र शैक्षिक संस्था हो । कृर्षिबाहेक यहाँ सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रीकल र मेकानिकल इञ्जिनियररिङ पनि पढाई हुन्छ । करिब चार दशकअघि स्थापना भएको क्याम्पसमा शुरुवातमा ट्रेड पढाई हुन्थयो । विस्तारै ओभरसियर(डिप्लोमा लेभल)मा स्तरोन्नती हुदै अहिले बि.ई.लेभलको अध्यापन हुन्छ । क्याम्पसले स्थापनाको लामो इतिहास बोके पनि विद्यार्थीहरु नियमित पढाई नहुदा कोर्ष नसकिने, लाईब्रेरीमा पुस्तक नभेटिने, ल्याबमा प्राक्टिकल गर्न नपाइने, कक्षा कोठासमेत नभएकोलगायत गुनासो गरिरहेका हुन्छन् । तोडफोड, तालाबन्दी नगरी आफुहरुको माग सम्बोधन नै हुदैन भन्ने मानसिकता विद्यार्थीहरुमा छ ।
विद्यार्थीहरुको माग हेर्दा समस्या ठुलो देखिदैन । लाइब्रेरीमा पुस्तक, नियमित पढाई, ल्याबमा प्राक्टिकल, कक्षा कोठाको माग विद्यार्थीहरुले उठाइरहनुपर्ने मुद्दा नै होइन । तर, तिनै सामान्य मागलाई लिएर किन तोडफोड, आगजनी र तालाबन्दीजस्तो अराजक घटना दोहोरिरहन्छ ? प्रश्नको जवाफमा क्याम्पसको सल्लाहकार समितिका संयोजक एवं नागरिक समाजका अगुवा हरि दाहाल भन्छन्,–‘यो अनुशासनहीनता र गैरजिम्मेवारपनले गर्दा भएको हो । प्रशासन, शिक्षक, कर्मचारी र विद्यार्थी सबै अनुशासनमा रहने, आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने यस्ता समस्या आफै समाधान हुन्छ ।’
उनका अनुसार ल्याब, लाइब्रेरीमा पुस्तकको व्यवस्था, कक्षा कोठाजस्ता कुराहरुमा प्रशासनले व्यावस्थापन गरिदिनुपर्छ । शिक्षकले तोकिएको समयभित्र कोर्ष पुरा गर्ने, परीषा लिएपछि अंक पठाइदिने, कर्मचारीहरुले पनि अनुशासनमा रहेर आफ्नो काम र विद्यार्थी पढाईमा केन्द्रीत हुनुपर्छ । पछिल्लो घटना यिनै गैरजिम्मेवार र अनुशासनहीनताको कारण श्रृजना हुनपुगेको उनको ठम्याई छ । ‘जसको जे जिम्मेवारी छ, त्यो पुरा हुनुपर्छ । पछिल्लो घटनाहरुले गैरजिम्मेवारीपन विकसित हुदै गएको आभास भइरहेको छ’–दाहालले भने । गैरजिम्मेवार बढेको आभास भएपनि उनले विगतमा भन्दा क्याम्पस सुधार उन्मुख भइरहेको बताए । विगतको जस्तो अस्थीरता भने नभएको उनको भनाई छ ।
करिब ६ बर्षअघिसम्म अस्थीरताको कारण क्याम्पसको भविष्य नै अन्यौलग्रस्त थियो । आन्दोलन, तोडफोड, तालाबन्दीले शैक्षिक वातावरण अस्तब्यस्त मात्रै भएन, विद्यार्थीबीचको लडाईले क्याम्पस हाताभित्र प्रहरी पोष्ट नै राख्नु गर्नुपर्यो । क्याम्पस नै सार्ने माग लिएर गतिविधि बढेपछि धरानबासी पनि जुमुराए । त्यही बेला समस्या समाधानमा सहजीकारण गर्न सल्लाहकार समिति बनेको हो । ‘६, ७ बर्षअघिसम्म कतिसम्म क्याम्पस अस्थीरताको शिकार थियो । यहाँ ६ बर्षको अवधिमा १३ जना प्रमुख फेरिए । कसैले पनि आफ्नो ४ बर्षे कार्यकाल पुरा गर्नै सक्दैनथे’–दाहालले विगत सम्झिए–‘त्यतिबेला विद्यार्थी झगडा गर्थे, शिक्षकमा मेलमिलाप थिएन । एउटा प्रमुख भएपछि अरुले असफल बनाउन लागिपर्थे, काम गर्नै नसक्ने बातावरण बनाइदिन्थे ।’ पछिल्लो समय क्याम्पस प्रमुख जावेद आलमले मात्रै ४ बर्षे कार्यकाल पुरा गर्न सके ।
हाल क्याम्पस प्रमुख रहेका जितेन्द्र चौधरी भने पर्याप्त बजेट र शिक्षक अभावको कारण समस्या ज्यु का त्यु रहेको बताउछन् । उनका अनुसार सरकारले स्थायी शिक्षकलाई मात्रै तलब पठाउछ । करारका शिक्षक, प्रशासनिक एवं शैक्षिक गतिविधिको खर्च क्याम्पसले आन्तरिक स्रोतबाटै जोहो गर्नुपर्छ । ‘कक्षा कोठा, अडोटरियम हल, स्पोर्टस सेन्टर, क्वार्टर समस्या छ । ल्याबमा पर्याप्त सामान छैन तर पनि पछिल्लो समय ६० लाखको ल्याब सामान र २० लाख बराबरको पुस्तक थप्यांै । अझै पुगेको छैन । ल्याब बनाउन थोरै पैसाले पनि पुग्दैन’–प्रमुख चौधरीले भने–‘समस्या शिक्षक अभाव पनि हो, राम्रो अवसर पाएपछि यहाँबाट स्थायी शिक्षकलेसमेत छोडेका गएको छ ।’
प्रमुखका अनुसार गत बर्ष क्याम्पसको आन्तरिक आम्दानी ३ करोड थियो । त्यसमध्ये २ करोड रुपैया त करार शिक्षकको तलबमा नै खर्च भयो । यहाँ ४९ जना करार शिक्षक छन् । दरबन्दी एक सय ६ जनाको भएपनि ५० को हाराहारीमा मात्रै स्थायी शिक्षक छन् । प्रत्येक विभागमा प्रोफेसर, सहायक प्रध्यापक र उपप्रध्यापक गरि १० जना चाहिन्छ । तर, क्याम्पसमा प्रोफेसर पदमा भने एक जना मात्रै छन् । ‘समस्या छ, तर समाधान तोडफोड, आगजनी होइन । शैक्षिक वातावरण राम्रो बनाउन सबै पक्ष लाग्नुपर्छ’–उनले भने । विद्यार्थीहरु भने क्याम्पस प्रशासनको गैरजिम्मेवारीपनले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको जिकिर गर्छन् । कम्प्युटर इञ्जिनियरिङ तेस्रो बर्षका विद्यार्थी योगेश घिमिरे भन्छन्–‘प्रशासन, डिपार्टमेन्ट, टिचर सबै गैरजिम्मेवार छन् । उनीहरुबीचमा समन्वय नै छैन । लाइब्रेरी छ, पुस्तक छैन । टिचर पढाउन आउदैन, पढाउन नसक्ने टिचर छ । ल्याब छैन, कक्षा कोठा छैन । हाम्रो माग समयमै सुनुवाई हुदैन । अनि, बन्द तोडफोड नगरी हुदैन भन्ने हामीलाई नै भईसक्यो ।’
उनका अनुसार प्रशासकमा निर्णय क्षमता र भिजनको पनि समस्या देखिने गरेको छ । अर्कोतर्फ अधिकांश क्याम्पसकै ल्याबमा प्राक्टिकल गर्न सक्ने अवस्था हुदा हुदै पनि विद्यार्थीहरुको माग बाहिर नै भ्रमणमा जाने भएकोले पनि समस्या निम्तिने गरेको छ । पुस्तक नभएको, कक्षा कोठा नभएकोलगायत माग लिएर आउने र वार्तामा टुरमा पठाउने भएपछि सहमति हुने गरेको उनी बताउछन् । ‘पहिला ल्याब कम थियो, प्राक्टिस गर्न बाहिर पठाउनुपर्छ । अहिले यही अधिकांशको ल्यब हुन्छ । तर, सिनियरहरु गयो, हामी किन नपाउने भन्दै आउछन् । माग अरु राखेर ताला लगाएपनि अन्तिममा टुर पठाउने भनेपछि कुरा मिल्छ’–उनले भने ।
ताला खुलाउने बिषयमा आइतबार विभिन्न पाँच विद्यार्थी संगठन र प्रशासन, प्राध्यापक संघ, कर्मचारी संघबीच पनि अनौपचारिक छलफल भएको थियो । तिनै विद्यार्थी संगठनहरुले सहजीकारणको भुमिका खेलेको थियो । शैक्षिक विभाग प्रमुख रोहित दंगालका अनुसार विद्यार्थीको मागलाई सम्बोधन गर्ने र क्याम्पसलाई राम्रो बनाउन सबैले पहल गर्ने भनिएपछि ताला खुलेको बताए । यस्तै, आन्दोलनतर विद्यार्थी योगेश घिमिरेले मागप्रति सकरात्मक भएको साथै प्रशासनिक कामकाज ठप्प नहोस् भनेर ताला खोलेको बताए । विद्यार्थीहरुले पढाई नियमित नभएको, प्राक्टिकल गर्न नपाएको, पुस्तक नभएको, इलेक्ट्रिकलमा कक्षा कोठासमेत नभएको भन्दै क्याम्पस प्रमुख, शैक्षिक प्रमुख, लाइब्रेरी प्रमुखको कुर्सी जलाएका थिए भने प्रशासनको मुख्य प्रवेश द्धारमा नै तालाबन्दी गरेका थिए ।
शिक्षकको लापरवाहीले बिइ सिभिल इञ्जिनियरिङ तेस्रो र चौथो बर्षको परीक्षाफल प्रकाशित हुन ढिलाई भएको भन्दै विद्यार्थीहरुले साउन ३० गते क्याम्पसमा तोडफोड, आगजनी र तालाबन्दी गरे । कुरा मिलेको १० दिन पुगेको थिएन, पुनः भदौ ११ गते इलेक्ट्रीकल एण्ड कम्युटर विभागअन्र्तगतका विद्यार्थीहरुले विभिन्न प्रशासनिक प्रमुखहरुको कुर्सी जलाउनुका साथै प्रशासनमा तालाबन्दी गरे । श्रृंखलाबद्ध आन्दोलन, तोडफोड, आगजनी र तालाबन्दी पुर्वाञ्चल क्याम्पसको लागि नौलो घटना होइन । क्याम्पसलाई धरानबाट अन्यत्र सारिनुपर्ने जस्तो गम्भीर माग लिएरसमेत यहाँ आन्दोलन चलेको विगत साक्षी छ ।
यो क्याम्पस कृर्षि इन्जिनियरिङ अध्यापन हुने नेपालको एक मात्र शैक्षिक संस्था हो । कृर्षिबाहेक यहाँ सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रीकल र मेकानिकल इञ्जिनियररिङ पनि पढाई हुन्छ । करिब चार दशकअघि स्थापना भएको क्याम्पसमा शुरुवातमा ट्रेड पढाई हुन्थयो । विस्तारै ओभरसियर(डिप्लोमा लेभल)मा स्तरोन्नती हुदै अहिले बि.ई.लेभलको अध्यापन हुन्छ । क्याम्पसले स्थापनाको लामो इतिहास बोके पनि विद्यार्थीहरु नियमित पढाई नहुदा कोर्ष नसकिने, लाईब्रेरीमा पुस्तक नभेटिने, ल्याबमा प्राक्टिकल गर्न नपाइने, कक्षा कोठासमेत नभएकोलगायत गुनासो गरिरहेका हुन्छन् । तोडफोड, तालाबन्दी नगरी आफुहरुको माग सम्बोधन नै हुदैन भन्ने मानसिकता विद्यार्थीहरुमा छ ।
विद्यार्थीहरुको माग हेर्दा समस्या ठुलो देखिदैन । लाइब्रेरीमा पुस्तक, नियमित पढाई, ल्याबमा प्राक्टिकल, कक्षा कोठाको माग विद्यार्थीहरुले उठाइरहनुपर्ने मुद्दा नै होइन । तर, तिनै सामान्य मागलाई लिएर किन तोडफोड, आगजनी र तालाबन्दीजस्तो अराजक घटना दोहोरिरहन्छ ? प्रश्नको जवाफमा क्याम्पसको सल्लाहकार समितिका संयोजक एवं नागरिक समाजका अगुवा हरि दाहाल भन्छन्,–‘यो अनुशासनहीनता र गैरजिम्मेवारपनले गर्दा भएको हो । प्रशासन, शिक्षक, कर्मचारी र विद्यार्थी सबै अनुशासनमा रहने, आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने यस्ता समस्या आफै समाधान हुन्छ ।’
उनका अनुसार ल्याब, लाइब्रेरीमा पुस्तकको व्यवस्था, कक्षा कोठाजस्ता कुराहरुमा प्रशासनले व्यावस्थापन गरिदिनुपर्छ । शिक्षकले तोकिएको समयभित्र कोर्ष पुरा गर्ने, परीषा लिएपछि अंक पठाइदिने, कर्मचारीहरुले पनि अनुशासनमा रहेर आफ्नो काम र विद्यार्थी पढाईमा केन्द्रीत हुनुपर्छ । पछिल्लो घटना यिनै गैरजिम्मेवार र अनुशासनहीनताको कारण श्रृजना हुनपुगेको उनको ठम्याई छ । ‘जसको जे जिम्मेवारी छ, त्यो पुरा हुनुपर्छ । पछिल्लो घटनाहरुले गैरजिम्मेवारीपन विकसित हुदै गएको आभास भइरहेको छ’–दाहालले भने । गैरजिम्मेवार बढेको आभास भएपनि उनले विगतमा भन्दा क्याम्पस सुधार उन्मुख भइरहेको बताए । विगतको जस्तो अस्थीरता भने नभएको उनको भनाई छ ।
करिब ६ बर्षअघिसम्म अस्थीरताको कारण क्याम्पसको भविष्य नै अन्यौलग्रस्त थियो । आन्दोलन, तोडफोड, तालाबन्दीले शैक्षिक वातावरण अस्तब्यस्त मात्रै भएन, विद्यार्थीबीचको लडाईले क्याम्पस हाताभित्र प्रहरी पोष्ट नै राख्नु गर्नुपर्यो । क्याम्पस नै सार्ने माग लिएर गतिविधि बढेपछि धरानबासी पनि जुमुराए । त्यही बेला समस्या समाधानमा सहजीकारण गर्न सल्लाहकार समिति बनेको हो । ‘६, ७ बर्षअघिसम्म कतिसम्म क्याम्पस अस्थीरताको शिकार थियो । यहाँ ६ बर्षको अवधिमा १३ जना प्रमुख फेरिए । कसैले पनि आफ्नो ४ बर्षे कार्यकाल पुरा गर्नै सक्दैनथे’–दाहालले विगत सम्झिए–‘त्यतिबेला विद्यार्थी झगडा गर्थे, शिक्षकमा मेलमिलाप थिएन । एउटा प्रमुख भएपछि अरुले असफल बनाउन लागिपर्थे, काम गर्नै नसक्ने बातावरण बनाइदिन्थे ।’ पछिल्लो समय क्याम्पस प्रमुख जावेद आलमले मात्रै ४ बर्षे कार्यकाल पुरा गर्न सके ।
हाल क्याम्पस प्रमुख रहेका जितेन्द्र चौधरी भने पर्याप्त बजेट र शिक्षक अभावको कारण समस्या ज्यु का त्यु रहेको बताउछन् । उनका अनुसार सरकारले स्थायी शिक्षकलाई मात्रै तलब पठाउछ । करारका शिक्षक, प्रशासनिक एवं शैक्षिक गतिविधिको खर्च क्याम्पसले आन्तरिक स्रोतबाटै जोहो गर्नुपर्छ । ‘कक्षा कोठा, अडोटरियम हल, स्पोर्टस सेन्टर, क्वार्टर समस्या छ । ल्याबमा पर्याप्त सामान छैन तर पनि पछिल्लो समय ६० लाखको ल्याब सामान र २० लाख बराबरको पुस्तक थप्यांै । अझै पुगेको छैन । ल्याब बनाउन थोरै पैसाले पनि पुग्दैन’–प्रमुख चौधरीले भने–‘समस्या शिक्षक अभाव पनि हो, राम्रो अवसर पाएपछि यहाँबाट स्थायी शिक्षकलेसमेत छोडेका गएको छ ।’
प्रमुखका अनुसार गत बर्ष क्याम्पसको आन्तरिक आम्दानी ३ करोड थियो । त्यसमध्ये २ करोड रुपैया त करार शिक्षकको तलबमा नै खर्च भयो । यहाँ ४९ जना करार शिक्षक छन् । दरबन्दी एक सय ६ जनाको भएपनि ५० को हाराहारीमा मात्रै स्थायी शिक्षक छन् । प्रत्येक विभागमा प्रोफेसर, सहायक प्रध्यापक र उपप्रध्यापक गरि १० जना चाहिन्छ । तर, क्याम्पसमा प्रोफेसर पदमा भने एक जना मात्रै छन् । ‘समस्या छ, तर समाधान तोडफोड, आगजनी होइन । शैक्षिक वातावरण राम्रो बनाउन सबै पक्ष लाग्नुपर्छ’–उनले भने । विद्यार्थीहरु भने क्याम्पस प्रशासनको गैरजिम्मेवारीपनले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको जिकिर गर्छन् । कम्प्युटर इञ्जिनियरिङ तेस्रो बर्षका विद्यार्थी योगेश घिमिरे भन्छन्–‘प्रशासन, डिपार्टमेन्ट, टिचर सबै गैरजिम्मेवार छन् । उनीहरुबीचमा समन्वय नै छैन । लाइब्रेरी छ, पुस्तक छैन । टिचर पढाउन आउदैन, पढाउन नसक्ने टिचर छ । ल्याब छैन, कक्षा कोठा छैन । हाम्रो माग समयमै सुनुवाई हुदैन । अनि, बन्द तोडफोड नगरी हुदैन भन्ने हामीलाई नै भईसक्यो ।’
प्रशासनमा समन्वय अभाव, विद्यार्थीमा टुरको विकृत्रि
त्रिवि प्राध्यापक संघ इकाई सभापति रामनाथ गुरागाई क्याम्पसको विभिन्न निकायबीचको समन्वय अभाव मुख्य समस्या भएको देख्छन् । त्यस्तै, विद्यार्थीहरुमा शैक्षिक भ्रमण वा प्राक्टिकल गर्न जाने लालसा पनि समस्याको अर्को कारण बनेको उनको ठम्याई छ । ‘यहाँको प्रमुख समस्या भनेकै समन्वय नहुनु हो । प्रशासन, कर्मचारी, शिक्षक र विद्यार्थीबीच समन्वय पटक्कै छैन । आगामी सेमेस्टरमा के गर्ने ? कसरी काम गर्ने भनेर सेड्युल बनाउनुपर्छ तर त्यस्तो हुदैन’–सभापति गुरागाईले भने–‘डिपार्टमेन्टले एउटा तालिका बनाउछ, विद्यार्थीले अर्को निहुमा आन्दोलन गर्छ र प्रशासनले तालिकाभन्दा फरक ठाउँमा टुर पठाइदिन्छ । यो सब एकआपसमा समन्वय अभावले हो ।’उनका अनुसार प्रशासकमा निर्णय क्षमता र भिजनको पनि समस्या देखिने गरेको छ । अर्कोतर्फ अधिकांश क्याम्पसकै ल्याबमा प्राक्टिकल गर्न सक्ने अवस्था हुदा हुदै पनि विद्यार्थीहरुको माग बाहिर नै भ्रमणमा जाने भएकोले पनि समस्या निम्तिने गरेको छ । पुस्तक नभएको, कक्षा कोठा नभएकोलगायत माग लिएर आउने र वार्तामा टुरमा पठाउने भएपछि सहमति हुने गरेको उनी बताउछन् । ‘पहिला ल्याब कम थियो, प्राक्टिस गर्न बाहिर पठाउनुपर्छ । अहिले यही अधिकांशको ल्यब हुन्छ । तर, सिनियरहरु गयो, हामी किन नपाउने भन्दै आउछन् । माग अरु राखेर ताला लगाएपनि अन्तिममा टुर पठाउने भनेपछि कुरा मिल्छ’–उनले भने ।
ताला खुल्यो, पठनपाठन सुचारु
इलेक्ट्रीकल एण्ड कम्युटर विभागअन्र्तगतका विद्यार्थीहरुले शुक्रबार प्रशासनमा लगाएको ताला सोमबार खुलेको छ । प्रशासनले पछिल्लो घटनाको छानबीन गरेर घटना गराउनेबाटै क्षतिपुर्ति भराउने कडा निर्णय लिए पनि मागप्रति सकरात्मक भएपछि विद्यार्थीहरु लचिलो हुदै ताला खोलेका हुन् ।ताला खुलाउने बिषयमा आइतबार विभिन्न पाँच विद्यार्थी संगठन र प्रशासन, प्राध्यापक संघ, कर्मचारी संघबीच पनि अनौपचारिक छलफल भएको थियो । तिनै विद्यार्थी संगठनहरुले सहजीकारणको भुमिका खेलेको थियो । शैक्षिक विभाग प्रमुख रोहित दंगालका अनुसार विद्यार्थीको मागलाई सम्बोधन गर्ने र क्याम्पसलाई राम्रो बनाउन सबैले पहल गर्ने भनिएपछि ताला खुलेको बताए । यस्तै, आन्दोलनतर विद्यार्थी योगेश घिमिरेले मागप्रति सकरात्मक भएको साथै प्रशासनिक कामकाज ठप्प नहोस् भनेर ताला खोलेको बताए । विद्यार्थीहरुले पढाई नियमित नभएको, प्राक्टिकल गर्न नपाएको, पुस्तक नभएको, इलेक्ट्रिकलमा कक्षा कोठासमेत नभएको भन्दै क्याम्पस प्रमुख, शैक्षिक प्रमुख, लाइब्रेरी प्रमुखको कुर्सी जलाएका थिए भने प्रशासनको मुख्य प्रवेश द्धारमा नै तालाबन्दी गरेका थिए ।
राम्रो लेख हाम्रो कलेजको यथार्थ
ReplyDelete