इस्लाम धर्मावलम्बीले मनाए बकर इद


धरान । इस्लाम धर्मावलम्बीहरुले आफ्‍नो पर्व बकर इद शुत्रmबार धरानको अञ्जुमन इस्लामियामा सामुहिकरुपमा मनाएका छन्‍ । धरान १ स्थित मस्जिदमा भेला भएका इस्लाम धर्मावलम्बीहरुले बिहान साढे ८ बजे इदुल अजाहाको बिशेष्ा प्रार्थना गरेका थिए । अल्लाहले परीक्ष्ाा लिदा इब्राइम अलिसलामले आफ्‍नै छोराको पनि कुर्वानी(वलि) दिन तयार भएको स्मरण्ामा इस्लाम धर्मावलम्बीहरुले बकर इद मनाउने गर्छन्‍ । मौलाना कबिर अलिका अनुसार इस्लाम धर्मावलम्बीहरुले प्रथार्ना सकेपछि घरमा जनावरको वलि दिइन्छ र त्यसको ३ भाग लगाइन्छ । तीन मध्ये एक भाग आफ्‍नो लागि, अर्को भाग आफन्तजन र तेस्रो भाग दु:खी, गरिबलार्इ दिइन्छ ।
सामुहिकरुपमा प्रार्थना गरिसकेपछि इस्लाम धर्मावलम्बीहरुले एकअर्कामा अंकमाल गरेर मबारक(शुभकामना) साटासाट गरेका थिए । आफ्‍नो प्यारो छोराको पनि कुर्वानी दिने महान त्याग देखाएकोले बकर इदको धेरै महत्व भएको अञ्जुमन इस्लामिया तथा मुस्लिम इत्तेहाद संगठनका नगर अध्यक्ष्ा शेख युसुफ अलिले बताए । मुस्लिम संघका नगर सचिव अफाक अहमदका अनुसार हरेकले घरमा खसी, रागालगायत जनावर कुर्वान गर्न व्यवस्था गरिएको हुन्छ । प्रार्थना सकेर मात्रै केही खानेकुरा खाएर ती जनवारको वलि दिइने र आफु, आफन्तजन, छिमेक र गरिब, दु:खीलार्इ दिइने बताए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे