एमालेका जनवर्गीय संगठनहरुले मोदीको पुत्ला जलाए


धरान । नयाँ संविधान जारी भएकोमा असन्तुष्ट रहेको भारतले अघोषितरुपमा नाकाबन्दी गरेर नेपालमा हस्तक्षेप गरेको भन्दै एमालेका भातृ एवं जनवर्गीय संगठनहरुले बुधबार धरानमा विरोध प्रर्दशन गरेको छ ।
युवा संघ नेपालको नेतृत्वमा भएको विरोध प्रर्दशनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत जलाएका छन् । युवा संघको नेतृत्वमा भएको विरोध प्रर्दशनमा पार्टीका सबै जनवर्गीय भातृ संगठनहरुले सहभागीता जनाएको थियो ।

छाताचौकस्थित एमाले नगर पार्टी कार्यालयबाट निस्किएको र्यालीले भानुचौकमा पुगेपछि मोदीको पुत्ला जलाएको थियो । र्यालीको क्रममा अघोषित नाकाबन्दी फिर्ता गर, कुटनीतिक मर्यादा कायम गर, अतिक्रमित भुमि फिर्ता गर, असमान सन्धी सम्झौता खारेज गर, भारतीय हस्तक्षेप मुर्दाबाद जस्ता नारा पनि लगाएका थिए । भानुचौकमा आयोजित कोणसभालाई संघका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला ईन्चाज ज्ञानदीप लिम्बुले सम्बोधन गर्दै जनजातीहरुको मुद्दालाई छायाँमा पारेर मधेशवादी दलहरु भारत परस्त भएको कारण हस्तक्षेप बढेको आरोप लगाए ।


कोणसभामा युवा संघका केन्द्रीय सचिवालय सदस्य हिमाल लिम्बु, मजदुर नेता लक्ष्मी बाँनिया, अनेरास्ववियुकी केन्द्रीय सदस्य गीता राईलगायले पनि भारतको सामु कुनै पनि हालतमा राष्ट्रियता झुक्न नदिन सरकारलाई आग्रह गरे । उनीहरुले भारतको नाकाबन्दी खुलाउने पहल छाडेर वैकल्पिक नाकाहरु खुलाउन सरकारलाई सुझाव पनि दिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे