सम्यक छात्रवृत्तिलाई कतारबाट सहयोग

धरान । वैदेशिकर रोजगारकोक्रममा कतारमा रहेका धरानेहरुले सम्यक छात्रवृत्ति परियोजना(अभियान)को लागि आर्थिक सहयोग गरेका छन् । धराने आउट अफ धरान, कतार नामक संस्थामार्फत उनीहरुले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छावृत्ति रकम सहयोग गरको हुन् । विगत तीन बर्षदेखि सम्यक शिक्षा समुह, छात्रवृत्ति परियोजनाले धरानको समुदायका दुई विद्यालयमा छात्रवृत्ति उपलब्ध गराउदै आएको छ ।
बुधबार एक कार्यक्रम आयोजना गरी धराने आउट अफ धरानेका उपाध्यक्ष भीम बराईलीले ५ जना विद्यार्थीको लागि १२ हजार ५ सय रुपैया परियोजनालाई हस्तान्तरण गरे । परियोजनाले एक विद्यार्थी बराबर बार्षिक दुई हजार पाँच सय रुपैया छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोही कार्यक्रममा धरान ७ की पञ्जु शाक्यले पनि २ जना विद्यार्थीको लागि छात्रवृत्ति स्वरुप नगद ५ हजार हस्तान्तरण गरेकी थिइन् । उपाध्यक्ष बराईलीले कतारमा रहेका धरानेहरु एकजुट भएर संस्था गठन गरेको उल्लेख गर्दै आफ्नो जन्मथलोको विकासको लागि आफुहरु निक्कै चिन्तित रहेको बताए । साथै उनले ५ जना विद्यार्थीलाई बार्षिकरुपमा छात्रवृत्ति सहयोग गर्ने संस्थाले निर्णय गरेको पनि सुनाए । ‘विदेशमा भएपनि हामी आफ्नो ठाउँको लागि के गर्न सकिन्छ भनेर निरन्तर छलफल गछौं, त्यहीक्रममा शिक्षा क्षेत्रको लागि छात्रवृत्ति दिने निर्णय गरेका हौं’–उनले भने । यही दुई विद्यालयमा बर्षमा २ पटक समुहले छात्रवृत्ति वितरण गर्दै आइरहेको छ ।


परियोजनाले धरान १५ खोरिया वस्तीस्थित जनता प्रावि र धरान १७ स्थित सम्यक शिक्षा प्राविका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउदै आएको छ । छात्रवृत्तिले सामुदायिक विद्यालयका विद्यार्थीलाई राम्रो पढ्न प्रेरणा दिने परियोजना संयोजक एवं सम्यकका पुर्वअध्यक्ष सन्दिप शाक्यले बताए । उनकै पहल एवं परिकल्पनाअनुसार छात्रवृत्ति परियोजना ०६९ देखि शुरु भएको हो । परियोजनाले जेहेन्दार विद्यार्थीलाई मात्रै नभई शिक्षक, शिक्षिकालाई पनि उपहार दिएर विद्यालय र गुणस्तरीय शिक्षाप्रति जिम्मेवारबोध गराउदै आएको छ । ‘राम्रो पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिदा विद्यार्थीहरुमा पढाईप्रति अभिरुचि बढाएको पाएका छौं । छात्रवृत्ति नपाउनेले छात्रवृत्ति पाइन्छ भन्ने भावनाले पढाईमा सुधार गरीरहेका छन्’–परियोजनाका संयोजक शाक्यले भने ।

पहिलो बर्ष २२ जना, दोस्रो बर्ष २४ र तेस्रो बर्ष ५२ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको परियोजनाले जनाएको छ । यो बर्ष सय जनालाई छात्रवृत्ति पुर्याउने लक्ष्य राखिएकोमा हालसम्म ८१ ज्नाको लागि सहयोग जुटिसकेको संयोजक शाक्यले बताए । ‘यसमा कुनै ठुलो दाता, एनजिओ, आइएनजिओको सहयोग छैन । मैले फेसबुकबाट देश, विदेशमा रहेका साथीहरु र हाम्रै सदस्यहरुलाई आग्रह गरेर सहयोग जुटाउने गरेको छुँ–संयोजक शाक्यले भने–‘खर्च पनि एकदमै पारदर्शी भएको छ, लेजरमा सबै हिसाब किताब राख्छौं । बैंक खाताबाट मात्रै कारोबार हुन्छ । जसले जतिबेला पनि आएर हेर्न सक्नुहुन्छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे