गोविन्द केसीको अनसनमा बीपीका डाक्टरहरुको ऐक्यवद्धता

धरान । मेडिकल शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारको लागि विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीप्रति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले ऐक्यवद्धता जनाएका छन् ।
जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाईमा डा.गोविन्द केसी ऐक्यवद्धता समुह, बीपीकेआइएचएसले मंगलबार र्याली निकाल्दै ऐक्यवद्धता जनाएका हुन् । डाक्टरहरुले प्रतिष्ठानबाट भानुचौकसम्म प्लेड कार्डसहित पैदल र्याली निकालेका थिए । चिकित्सकहरुले डा.केसीको स्वास्थ्यप्रति चिन्ता जनाउदै मैनबैत्ति बालेर जीवन रक्षाको कामनासमेत गरेका छन् । र्यालीमा सोसाईटीसँगै ब्लड डोनेशन कमिटि, पिएसआरएनलेसमेत सहभागीता जनाएको थियो । प्रतिष्ठानस्थित चिकित्सकहरुले यसअघि पनि डा.केसीको आन्दोलनप्रति समर्थन एवं ऐक्वयद्धता जनाउदै अनसनसमेत बसेका थिए ।
सोसाइटीका अध्यक्ष डाक्टर सुर्यप्रसाद रिमालले डा.केसीले चिकित्सकहरुको स्वार्थको लागि नभई गरिब, निमुना सर्वसाधारण जनताको लागि अनसनमा बसेकोले सबैले साथ, समर्थन जनाउन आह्वाहन गरे । आमरण अनसन नवौं दिनसम्म पुग्दा केसीको स्वास्थ्य खस्कदै गएकोप्रति चिन्ता जनाउदै उनले सरकारले तत्काल विगतको सहमति तथा सरकारद्धारा नै गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन जस्ताको तस्तै लागु गर्न माग गरे । ‘उहाँको अनसन आफ्नो लागि वा चिकित्सकहरुको स्वार्थको लागि होइन, आम जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन् भनेर हो’–रिमालले भने–‘यस्तो निस्वास्र्थ भावना भएको डाक्टर पाइदैन, त्यसैले उहाँको ज्यान जोगाउनुपर्छ । यसको लागि आम जनताले पनि ऐक्यवद्धता जनाउदै सरकारलाई दबाब दिनुपर्छ ।’
कोणसभालाई सम्बोधन गर्दै चिकित्सकहरुले चिकित्सा क्षेत्रलाई व्यापारीकरण हुनबाट नरोक्ने हो भने नाम मात्रैको डाक्टर उत्पादन हुने र यसले आमजनताको स्वास्थ्यप्रति गम्भीर खेलावाड हुने बताए । निजी मेडिकल कलेजहरुमा ४०, ५० जना विद्यार्थी क्षमताको मात्रै भौतिक पूर्वाधार भएपनि हचुवाको तालमा डेढ सयसम्म पढाउने गरेको भन्दै उनीहरुले गुणस्तरीय एवं क्षमतावान् डाक्टर उत्पादन नहुने बताए । ‘उहाँको उद्देश्य र हाम्रो पनि जनताप्रति समर्पित डाक्टर जन्मिउन भन्ने हो । त्यसैले डाक्टर केसीको ज्यान जान दिनु हुदैन, अब मौन बस्नु पनि हुदैन, सबैले बोल्नुपर्छ’–रिमालले भने ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे