मोदीको पुतला र भारतको झण्डा जलाइयो


धरान । नयाँ संविधान जारी भएकोमा असन्तुष्ट भारतले अघोषितरुपमा गरेको नाकाबन्दीको विरोध शनिबार साँझ धरानमा प्रर्दशन भएको छ । राष्ट्रप्रेमी सचेत नागरिकहरुको ब्यानरमा भएको विरोध प्रर्दशनको क्रममा भारतीय प्रधानमन्त्री मोदीको पुतला र भारतीय झण्डा पनि जलाइएको छ ।
धरान १२ स्थित चतरालाइनबाट निस्किएको विरोध र्याली भानुचौकमा पुगेर टुंगिएको थियो । र्यालीमा भारतीय प्रधानमन्त्री मोदीको पुतला पनि सहभागीहरुले सँगै प्रर्दशन गरेपनि भानुचौकमा दहन गर्ने बेला भने अप्रत्यासितरुपमा भारतीय झण्डा पनि जलाइएको थियो । पुतलामा पेट्रोल छर्किएलगत्तै २ वटा भारतीय झण्डा पनि पुतला माथि राखेर आगो लगाइयो । अप्रत्यासितरुपमा भारतीय राष्ट्रिय झण्डा जलाइएकोमा रमिते बनेका केही स्थानीयले भने चिन्तासमेत जताए । केही दिनअघि सुनसरी सदरमुकाम इनरुवमा मधेशी मोर्चाका कार्यकर्ताहरुले छिमेकी मुलुक चीनको झण्डा जलाएको घटना सेलाइसकेको छैन ।
राष्ट्रप्रेमी सचेत नागरिकहरु नामको ब्यानरमा विरोध कार्यक्रम गरिए पनि अधिकांश एमाओवादीका जिल्ला र स्थानीय नेता, कार्यकर्ताहरु थिए । यस्तै, केही कांग्रेसका र राप्रपा नेपालका स्थानीय कार्यकर्ताहरु पनि र्यालीमा देखिएका थिए । विगतका र्याली, विरोधका कार्यक्रमहरुमा प्रहरी परिचालन हुने गरेको भएपनि शनिबारको कार्यक्रमबारे भने स्थानीय प्रहरी बेखबरझै थियो । र्याली भइरहदा र भारतीय प्रधानमन्त्रीको पुतला, भारतीय झण्डा जलाइदासमेत प्रहरी उपस्थिति देखिएन ।
र्यालीको क्रममा भारतीय हस्तक्षेप बन्द गर, अघोषित नाकाबन्दी फिर्ता गर, पञ्चशील सिद्धान्त लागु गरजस्ता नारा लगाइएको थियो । भानुचौकको कोणसभालाई राष्ट्रप्रेमी सचेत नागरिकहरुको तर्फबाट एमाओवादी नेता चोत्लुङले सम्बोधन गरेका थिए । उनले भारतीय विस्तारबाद र हस्तक्षेपविरुद्ध नेपाली नागरिकहरु ०४५ सालमा जस्तरी चुप लागेर नबस्ने भन्दै नाकाबन्दी नखुलाए कडा प्रतिरोधमा उत्रने चेतावनी दिए । ‘पहिला पनि १४ महिना नाकाबन्दी सह्यौं, अब १४ बर्ष नै नाकाबन्दी गरेपनि अहिलेको नेपाली जनता प्रतिरोधमा उत्रनसक्छ । धम्कीको भरमा नेपाली जनता कहिल्यै झुक्नेछैन’–उनले भने ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे