स्पेश टाइम र पशुपति केवलको डिजिटल सेवा


धरान । सर्वसाधारणको घरमा केवलमार्फत विभिन्न च्यानलहरुको प्रशारण सेवा दिइरहेको धरान स्पेश टाइम नेटर्वक र इटहरीस्थित पशुपति केवल नेटवर्क प्रालिले डिजिटल सिस्टममा सेवा शुरु गरेको जनाएको छ । दुवै प्रालिले धरानमा संयुक्तरुपमा पत्रकार भेटघाट आयोजना गरी पुर्वाञ्चलमा पहिलो पटक आफ्ना ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा पुर्याउन डिजिटल प्रशारण शुरु गरिसकेको जानकारी दिएको छ ।
धरानस्थित स्पेश टाइमले आफ्ना ग्राहकहरुसँगै सम्पुर्ण धरान क्षेत्रमा डिजिटल सेवाको पुर्वाधार तयार गरिसकेको भएपनि अन्य आवश्यक सामग्रीहरु भने बन्द, हडतालको कारण आइपुग्न ढिलाई भएकोले तत्काल ग्राहकहरुको आग्रह पुरा गर्न भने नसकिएको जनाएको छ । स्पेश टाइमका प्रबन्ध निर्देशक विदुरबिक्रम पन्तले दशै अघि नै ग्राहकको घरमा डिजिटल सेवा पुर्याउन दाबी गरे । ‘हाम्रो सेवालाई समयअनुकुल गुणस्तरीय र विविधिकरण गर्नेक्रममा डिजिटलाइजड गरिसकेका छौं, आवश्यक सामग्री आइपुग्न अवरोध भएकोले ग्राहकहरुको घरमा यो सेवा तत्काल पुग्न सकेको छैन । तर, दशैको पुर्वसन्ध्यामा घरघरमा सेवा पुर्याउने विश्वास दिलाउन चाहन्छौं’–पन्तले भने ।
डिजिटल सेवा उपभोग गर्नको लागि ग्राहकहरुले टेलिभिजनमा एउटा सेटअप बक्स राख्नुपर्छ । जुन बक्सले डिजिटल प्रविधिबाट च्यानल क्याप्चर गरेर टिभिमा पठाउछ । च्यानलले जुन क्वालिटीमा प्रसारण गरेको हुन्छ, त्यस्तै गुणस्तर हेर्नसकिने प्रबन्ध निर्देशक पन्तले बताए । उनका अनुसार टिभी हेर्ने केवल प्रणाली एनालग र डिजिटल दुई प्रकारको हुन्छ । हाल ग्राहकहरुको घरमा प्रयोग भइरहेको एनालग केवल प्रविधी हो । जुन प्रविधिबाट च्यानलहरु गुणस्तरीयरुपमा आउदैन । त्यसमा सुधार एवं विकसित प्रविधीको प्रयोग गरेर डिजिटल प्रणाली प्रयोग गरिन्छ । सरकारले सन् २०१७ सम्म सम्पुर्ण नगरपालिकाहरुमा केवल प्रणलाीलाई डिजिटल गरिसक्नुपर्ने निर्णय गरिसकेको छ । बन्द, हडतालको कारण सेटअप बक्स ल्याउन नसकिएको खुलाउदै प्रालिले परिस्थिति सहज बनेपछि बक्स लञ्च गरिने जनाएको छ ।
हाल सुविसु नेटवर्कअन्तर्गतको एमएसओ प्रयोग गरेर प्रालिले यो सेवा विस्तार गर्न लागेको जनाएको छ । यो प्रणालीमा टिभी र इन्टरनेट एउटै तारबाट हेर्न र प्रयोग गर्नसमेत सकिनेछ । भविष्यमा यही एउटै तारबाट डिजिटल टिभी र गुणस्तरीय इन्टरनेट सेवा पनि प्रदान गर्ने योजना रहेको पन्तले बताए । उनका अनुसार पहिलो चरणमा केवललाई डिजिटल सिस्टममा स्थापित गर्न केन्द्रीत हुनेछ भने दोस्रो चरणमा इन्टरनेट सेवालाई विस्तार गरिनेछ । सोही जानकारीमुलक कार्यक्रममा पन्तले नेपाल पत्रकार महासंघ सुनसरीको भवन निर्माण सहयोगार्थ नगद ५ हजार बराबरको चेक महासंघ अध्यक्ष केशव घिमिरेलाई प्रदान गरेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे