रेबिज डेको अवसरमा धरानमा डग वाकिङ डे


धरान ।  विश्व रेबिज दिवसको अवसरमा सोमबार धरानमा डग वाकिङ डे अर्थात कुकुर र्याली निकालिएको छ । रेबिज रोगबारे जनचेतना फैलाउने उद्देश्यले धरान ९, पुतलीलाइनस्थित पेटस् होम डग वाकिङ डे मनाएको हो ।
पेट्स होमले विगत तीन बर्षदेखि रेजिब डेको अवसरमा धरानमा गड वाकिङ गराउदै आएको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शुरु भएको कुकुरहरुको र्याली भानुचौकमा पुगेर टुंगिएको थियो । कुकुर पाल्न सौखिन करिब तीस जना धरानेहरुले कुकुरसहित सहभागिता जनाएका थिए । ‘मानिसहरुलाई रेबिज रोग कस्तो रोग हो, कसरी हुन्छ र जोगिन के गर्नुपर्छ भन्ने चेतना पुगोस् भनेर तीन बर्षदेखि आयोजना गर्दै आइरहेका छांै’–पेट्स होमका प्रोपाइटर शंखुकर्ण श्रेष्ठले भने ।
घरमा पालिएका कुकुरहरुलाई भ्याक्सिन दिनुपर्ने सन्देश पनि रेबिज डेको अवसरमा फैलाउन मद्दत पुग्ने उनको भनाई छ । साथै, टोलमा भएका छाडा कुकुरहरुलाई पनि बन्ध्याकरण र भ्याक्सिन दिने काम भइरहेको पनि उनले बताए । दशैतिहार लगत्तै पुनः बन्ध्याकरणको लागि निःशुल्क शिविर सञ्चालन हुने श्रेष्ठले बताए । यसैगरि, सोमबार नै विश्व रेबिज डेको अवसरमा जिल्ला पशु सेवा कार्यालय, पशु सेवा केन्द्र धरान र पोरलिभको आयोजामा धरानमा चेतनामुलक मोटरसाइकल र्याली भयो । रेबिजलाई इतिहासमा सिमित गर्न सबै मिलि काम रौं भन्ने नारासहित असोज ६ देखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि रेविज सप्ताह मनाइरहेको जिल्ला कार्यालयले जनाएको छ ।

पशु चिकित्सकका अनुसार रेबिज रोग बहुला जनावरको टोकाईबाट तातो रगत भएको जुनसुकै प्राणीलाई सर्न सक्दछ । रोग लागेपछि कुनै औषधी वा उपाय नभएपनि टोकिसकेपछि तत्काल उपचार र खोपको व्यवस्था हुनसक्यो भने ज्यान बचाउन सकिने पशु चिकित्सक बताउछन् । अधिकतर कुकुरबाट नै रेबिज रोग सार्ने भएकोले कुकुरलाई रेबिज लाग्न नदिनु र समय समयमा रेविज विरुद्धको भ्याक्सिन अनिवार्यरुपले दिनु नै रोगबाट जोगिने उपाय हो । बहुला कुकुरले टोक्नासाथ घाउ चोटपटक लागेमा तुरुन्त साबुन पानीले पखाली टिन्चर आयोडिन, डिटोल, स्प्रिटआदि औषधी हालेर १० दिनसम्म कुकुरलाई निगरानीमा राख्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे