सधै सधै..गीतको म्युजिक भिडियो तयार


धरान । हङकङमा व्यापारमा जमेका गायक कवि राईले गत बैशाख महिनामा गृहनगर धरानमा ‘आमा’ नामको एल्वम सार्वजनिक गरेका थिए । आफ्नी जन्मदिने आमाप्रति समर्पित गरेर बजारमा ल्याएको त्यही एल्वमको एउटा गीतलाई उनले भर्खरै छाँयांकन गराएका छन् ।
एल्वममा समावेश भएको ‘सधै सधै...’ बोलको रोमान्टिक युगल गीतको म्युजिक भिडियो तयार भएको हो । यो गीतमा चर्चित गायिका सिने गुरुङलेसमेत उनलाई स्वरमा साथ दिएकी छिन् । यो गीतमा गायक गायिकाबाहेक धराने मोडेलहरु राजा राई र ऐजिन राईको मुख्य अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन बुद्ध थापाले गरेका छन् भने रविन राईले छाँयाकन गरेका छन् । गीतको शब्दअनुरुप नै म्युजिक भिडियो पनि रोमान्टिक बनाएको निर्देशक थापाको भनाई छ ।
गीतको रचना अशोक शाक्यले गरेका हुन् भने संगीत गायक र रचनाकार दुवैले भरेका हुन् । आधुनिक डिजिटल प्रविधिलाई उपयोग गर्दै म्युजिक भिडियो तयार पारेको अनुभव सुनाउदै छाँयाकर राईले धेरै कठिनाईको सामना गर्दै भएपनि राम्रो काम भएको बताए । धरानमा पनि राम्रो म्युजिक भिडियो तयार गर्न सकिन्छ भन्ने सन्देश दिन पनि मेहनत गरेको उनको भनाई छ । विगतमा राजधानी केन्द्रीय भएको म्युजिक भिडियो निर्माण कार्य केही समयदेखि भने धरानलगायत मोफसलमा हुन थालेको छ ।
स्थानीय कलाकारहरुले अवसर पाउने भएकोले पनि म्युजिक भिडियो निर्माण धरानमा गरेको गायक राईले बताए । ‘मोडल कलाकारदेखि स्थानीय प्राविधिकहरुले पनि अवसर पाउछन्, त्यसैले म्युजिक भिडियो यही बनाउने निर्णय गरे’–गायक राईले भने ।


                    म्युजिक भिडियो निर्माणको क्रममा ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे