गोलीकाण्डमा मुद्दा कमजोर बनाउन पीडितकै सहयोग

धरान । ज्यान मार्ने उद्योगमा समातिएका युवा संघका जिल्ला सदस्य तथा नगर इञ्चार्ज दिवस राईलाई प्रहरीले अनुसन्धानको लागि दोस्रो पटक म्याद थप गरेको छ । अनुसन्धान पुरा नभएको भन्दै प्रहरीले दोस्रो पटक बिहिबार जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेको छ । तर, गोलीकाण्डका पीडित भनिएकाहरु भने आरोपिले उन्मुक्ति पाउने गरी चुपचाप बसेका छन् ।
आफुमाथि गोली चलाएको दाबी गर्दै प्रहरीमा जाहेरी दिने संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष पारस काङमाङ र क्षेत्रीय उपसचिव मदन तामाङ राजनीतिक सहमति भइसकेको भन्दै अनुसन्धानमा प्रहरीसँग समन्वय गरेका छैनन् । गहिरो अनुसन्धानको लागि दुवै जना एवं पार्टीले पनि कुनै दबाब सृर्जना पनि गरेको छैन । राजनीतिक दबाबका बीच आरोपीलाई प्रहरीले पक्राउ गरेपनि गोलीकाण्डका जाहेरकर्ताहरु नै पछि हटेपछि मुद्दा प्रभावित हुने र आरोपिले सजिलै उन्मुक्ति पाउने देखिएको छ । जाहेरकर्ताहरुको पछिल्लो व्यहावरले घटना साँच्चै भएको हो वा एमालेले भनेजस्तै प्रोपोगण्डा मात्रै थियो भन्ने चर्चा हुन थालेको छ ।
‘राजनीतिक सहमति भएको भनेर हो कि किन हो जाहेरकर्ताहरु एक्टिभ छैनन्, तरपनि हामी अनुसन्धान प्रक्रिया पुरा गरेर अदालतमा पठाइदिन्छौं’–इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सञ्जयसिंह थापाले भने–‘जाहेरकर्ताहरु नै एक्टिभ नभएपछि मुद्दा कमजोरै त नहोला तर वलियो पनि नहुनसक्छ, अहिल्यै केही भन्न सकिन्न ।’ एक पटक दुवै पक्षका नेताहरु घटनामा राजनीतिक सहमति भइसकेको भन्दै भेट्न आएपनि मुद्दा दर्ता भइसकेकोले कानुनी प्रक्रिया नरोकिने भन्दै फकाईदिएको उनले बताए । प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रहरीले घटनास्थलमा सबुत प्रमाण खोज्ने, र साक्षी गवाहकोरुपमा प्रत्यक्षदर्शी, पीडित र पीडकबाट वयान लिने काम गरिन्छ । तर, गोलीकाण्डका पीडित भनिएकाहरु भने प्रहरीसँग समन्वय गरेका छैनन् ।
आरोपि पक्राउ परेपछि घटनास्थलमा प्रहरीले घटना विवरण तथा मुचुल्कको लागि बोलाएपनि जाहेरकर्ताहरुले चासो दिएनन् । राजनीतिक सहमति भइसकेको भन्दै जोहरकर्ताले जे जे सजिला पर्छ लेख्नु भन्दै हिडेका थिए । प्रहरी स्रोतका अनुसार दुवै पक्षका नेतृत्वतहसमेत बसेर दिवसलाई उन्मुक्ति दिने गरी सहमति गरेकोले प्रहरीको एक्लो प्रयासले मात्रै केही हुने अवस्था छैन । गत गत कार्तिक १४ गते बिहानै धरान ११, स्थित शान्ति चोकमा संघीय समाजवादीका जिल्ला उपाध्यक्ष पारस काङमाङ र क्षेत्रीय उपसचिव मदन तामाङले गोली प्रहार भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । जोहेरी परेपछि फरार आरोपित राईलाई प्रहरीले मंसिर २० गते राती मात्रै पक्राउ गरेको थियो । उनी पक्राउ गर्नुअघि समाजवादी र एमालेको जिल्ला नेतृत्वले दिवसलाई उन्मुक्ति दिलाउन पाँच बुँदे सहमति गरेका थिए ।
गोलीकाण्डमा पीडित भनिएका एवं जाहेरकर्ता काङमाङ घटना यथार्थ हुँदाहुदै पनि एमालेले आत्माआलोचना गरेर भविष्यमा यस्तो घटना नदोहोर्याउने प्रतिवद्धता जनाएकोले राजनीतिकरुपमा सहमति गरेको बताए । समाजवादीका जिल्ला उपाध्यक्षसमेत रहेका उनले सहमति भइसकेकोले कानुनी सहजताको लागि आफुहरु पछि हट्नु परेको खुलाए । ‘घटना मुचुल्कामा गएकै हो तर सहमति भइसकेको हुनाले त्यस्तो कुनै दबाब दिएनौं’–उनले भने–‘कानुनी सहजताको लागि ब्याक भयौं ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे