सूर्य नेपाल इष्र्टन गल्फ आजदेखि शुरु हुदै(फोटोफिचर)











 इष्र्टन ओपनका साविक विजेता रवि खड्का निर्वाण कन्टी क्लबस्थित गल्फ कोर्षमा मंगलबार अभ्यास गर्दै 

             धरान । सूर्य नेपाल गल्फ टुरअन्र्तगत पाँच दिने सूर्य नेपाल इष्टर्न ओपन २०१३ आज(बुधबार) देखि धरानमा शुरु हुदैछ ।
पार ७० को निर्वाणा कन्टी क्लबमा शुरु हुने प्रतियोगितामा उपाधिको लागि नेपालका २८ जना प्रोफेस्नल गल्फरहरु सहभागी हुदैछन् । यस्तै, १९ जना एमेच्योर खेलाडीहरुले पनि भाग लिने आयोजक नेपाल प्रोफेसनल गल्फ एशोसिएशनले जनाएको छ । प्रतियोगिता शुरु हुनु करिब पाँच दिनअघि देखि नै काठमाण्डौं, पोखराबाट प्रोफेसनल खेलाडीहरु यहाँ आएर अभ्यास गरिरहेका छन् ।
प्रतियोगितामा कुल ७२ होलको खेल स्ट्रोक प्ले स्क्र्याच ह्याण्डीक्यापको आधारमा हुनेछ । चार दिनसम्म उपाधिको लागि प्रोफेसनलहरुको खेल हुनेछ भने पाँचौं दिन प्रोफेसनल र एमेच्योर खेलाडीबीच मैत्रीपुर्ण प्रो–एम खेल हुनेछ । दुई दिनको खेल प्रर्दशनको आधारमा मात्रै उत्कृष्ट २१ गल्फरहरुले बाँकी दिनको खेल खेल्न पाउने आयोजकका रामजी राजवाहकले जानकारी दिए ।
प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरेर कुल ५ लाख १४ हजार २ सय ५० रुपैया बनाइएको आयोजकले जनाएको छ । गत बर्ष भने कुल पुरस्कार राशी ४ लाख ६७ हजार ५ सय मात्रै थियो । प्रतियोगिताको विजेताले ९५ हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६० हजार र ४४ हजार हात पार्नेछन् । यस्तै, चौथो हुनेले ३६ हजार, पाँचौंले ३२ हजार, छैठोले २९ हजार, सातौंले २५ हजार ५ सय, आठौंले २३ हजार, नवौंले २० हजार ५ सय र १० औं स्थान हुने खेलाडीले १८ हजार नगद पुरस्कार पाउनेछन् । ‘यसरी नै २१ औं स्थानसम्म रहेका प्रोफेसनल खेलाडीहरुले नगद पुरस्कार पनि पाउनेछन्’–रामजी राजवाहकले भने ।
उपाधि जोगाउने लक्ष्यका साथ इष्र्टन ओपनका साविक विजेता रवि खड्का ३ दिनअघि नै धरान आएर गल्फ कोर्षमा निरन्तर अभ्यास गरिरहेका छन् । भारत टुरमा रहेका कारण नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठ भने यसपटक सहभागी हुने छैनन् । गत बर्ष पनि शिवराम दोस्रो दिनको खेलपछि प्रतियोगितामा खेल्न अयोग्य घोषित भएका थिए । यसको फाइदा नेपालका दोस्रो नम्बरका गल्फर रविले लिनसक्नेछन् । तथापी, उनी खेलमा के हुने हो भनेर ढुक्क भने छैनन् । ‘लक्ष्य उपाधि जोगाउने नै हो, तर खेल हो, यसै केही भन्न सकिन्न’–हालसम्म ७ वटा उपाधि जितिसकेका खड्काले भने ।
साविक विजेता खड्काले भनेजस्तै उपाधि रक्षा गर्न भने त्यति सजिलो छैन । प्रोफेसनल खेलाडीहरु दिपक थापा मगर, राम थापा, सञ्जय लामा, रमेश अधिकारीजस्ता एकसेएक खेलाडीहरु पनि इष्र्टन ओपनको उपाधि हत्याउने दाउमा छन् । त्यसबाहेक घरेलु प्रोफेसनल गल्फरहरु पनि यसपटक उच्च मनोवलका साथ मैदानमा उत्रदैछन् । नियमितरुपमा अभ्यास गरिरहेका स्थानीय प्रोफेसनल गल्फरहरु मणी राई, सविन सापकोटा, देउराज पाख्रिन, समुन राई, थामबहादुर राई, सुमन सापकोटाले पनि प्रतियोगितामा राम्रो प्रर्दशन गर्ने अपेक्षा लिइएको छ । ‘यसपटक स्थानीय प्रो.हरुले राम्रो खेल्ने आशा गरेको छुँ, सबैले राम्रो प्राक्टिस गरिरहेका छन्’–जर्मनीबाट प्रतियोगितामा भाग लिन आइपुगेका सविन सापकोटाले भने । इष्र्टन ओपनको ७ वटा सँस्करण सकिदासम्म भने स्थानीय गल्फरहरु अभागी सावित हुदै आएका छन् । अहिलेसम्म सन् २००९ मा सविनले उपाधि जितेबाहेक कसैले पनि घरेलु मैदानमा उपाधि उचाल्न सकेको छैन । धरानमा सन् २००२ मा पहिलो पटक इष्र्टन ओपन भएको थियो । त्यसपछि रोकिएको यो प्रतियोगिता सन् २००८ देखि भने निरन्तर आयोजना हुदै आएको छ ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे