सेफ सिटि अभियानमा कलाकारहरुको चित्र

धरान । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत सेफ सिटि अर्थात सार्वजनिकस्थललोई किसोरी र महिलाको लागि सुरक्षित बनाउ भन्ने शिर्षकमा मंगलबार धरानमा कलाकारहरुले चित्र बनाए । युवाहरुको सञ्जाल एक्टिभिस्टाको आयोजनामा कलाकारहरुले सेफ सिटिको अवधारणामा चित्र बनाएका थिए ।
भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा युमा फाइन आर्ट एकेडेमीका कलाकारहरुले क्यानभाषमा रंग पोतेका थिए । युवा कलाकारहरुले क्यानभाषमा रंग पोत्न थालेपछि सर्वसाधारणहरुले निक्कै चासो दिएर हेरे । अमुर्त चित्र बुझ्न नसक्दा कतिपयले कलाकारहरुसँग जिज्ञासासमेत राखेका थिए । कलाकारहरुले बनाएको अमुर्त चित्रमा महिला न्याय र अधिकारको लागि चिच्याइरहकी थिइन् भने कुनैमा कोठाभित्र सिमित महिला स्वतन्त्रताको चाहना बोकेर कल्पनामा रमाइरहेकी थिइन् । कुनै चित्रमा महिलाको शक्तिलाई उजागर गरिएको थियो । युमा एकेडेमीका अध्यक्ष महेन्द्र राईले किसोरी र महिलाको आँखाबाट सार्वजनिकस्थल र शहरलाई कलाकारहरुले क्यानभाषमा उतार्ने प्रयास गरेको बताए । ‘महिलाहरुले कस्तो महशुस गर्छन् भन्ने भावलाई क्यानभाषमा उतारेका छौं’–अध्यक्ष राईले भने–‘सिर्जनाको माध्यमबाट समाजमा चेतना फैलाउन सकिन्छ र महिलामाथि हुने हिंसामा कमी हुने आशा लिएका छौं ।’
सेफ सिटि अवधारणामा युमाका अध्यक्ष राईसँगै युवा कलाकारहरु हेमन्त थापा, आइस्था राई, जीवन पौडेल, अरविन्द लिम्बु र सजन थापा मगरले चित्र बनाएका थिए । महिला हिंसाविरुद्धको १६ दिने अभियानलाई नयाँ एवं फरकशैलीमा मनाउन लाइभ पेन्टिङ आयोजना गरिएको एक्टिभिष्टाका राष्टिय कोअर्डिनेटर मोति लामाले बताए । ‘कलाकारहरुको सृर्जनाको माध्यमबाट पनि यो अभियानमा सबैको ध्यान तान्न सकिन्छ भनेर आयोजना गरेका हौं’–उनले भने । काठमाण्डौंमा सिमित सेफ सिटि अभियान अब भने धरान, विराटनगर, नेपालगञ्जलगायत शहरहरुमा शुरु गर्ने लामाले जानकारी दिए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे