बीपीमा विरामीको सामान हराउन थाल्यो, सुरक्षा गार्ड भने आन्दोलनमा

आइतबार बिहान करिब ३ बजेतिर चिकित्सकले उनलाई भित्र बोलायो । अरु दुई जना आफन्त वार्डबाहिरको परिसरमा निदाईरहेका थिए । उनी दुई वटा लेडिज ब्याग त्यही छोडेर श्रीमति भेट्न भित्र पसे । केहीबेरमा फर्कदा न ती झोला थिए, न मोवाइल । अचानक झोला गायब भएपछि उनी चारैतिर भौतारिए । न झोला भेटियो न प्रतिष्ठानमा खटिएका सुरक्षा गार्ड नै । उनी प्रतिष्ठानको सुरक्षा जिम्मा लिएको जिफोरएसको कार्यालय(कन्ट्रोल रुम)मा पुगे, त्यहाँ पनि कोही थिएनन् । घटना भएको करिब ५ घण्टापछि सुरक्षागार्डहरु त भेटिए तर गार्डहरु भने डिउटीमा थिएनन् । उनी निराश भएर फर्किए ।
‘३ बजेतिरै मोवाइल र झोला हराएको हो, कम्प्लेन गरौं भनेर बिहानैदेखि गार्डहरु खोजेको कोही भेटिएन’–करिब साढे ८ बजेतिर जिओपिडी भवनअघि गार्डलाई गुनासो गर्दै भेटिएका ठाकुरले भने–‘बल्ल गार्डहरु भेटियो तर सबै आन्दोलनमा रहेछन् ।’ सुरक्षा गार्डमा झोला हराएको गुनासो पोखेपनि आफै सजग हुनुपर्ने भन्दै उनलाई फकाईएको थियो । सिसिटिभीको निगरानी रहेको खबर सुनेर उनी सुरक्षा गार्डको कन्ट्रोल रुममा पुगेपनि कोही नभेटिएपछि झोला भेटिने आशा त्यागेका थिए । ‘यत्रो अस्पतालमा यो त साह्रो सुरक्षा लापरवाही भयो’–उनले गुनासो पोखे–‘झोलामा पैसा त धेरै थिएन, तर विरामीको सारा रिपोर्ट, बच्चाको जन्म प्रमाणपत्रहरु थियो ।’

‘अहिले जाडोको कारण विरामी चाप कम भएकोले २ घण्टा डिउटी नबस्दा त्यति ठुलो असर त परेको छैन, तर ४ घण्टा नै गार्डहरु डिउटी नबस्ने हो भने सुरक्षामा समस्या आउन सक्छ’–प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज एवं सई तिलक गिरीले भने । विरामी कुरुवाको झोला हराएको बिषयमा भने उनले जानकारी नपाएको बताए । संघर्ष समितिका संयोजक प्रेम कुँवरले झोला डिउटीको समयमा नै हराएकोले आन्दोलनसँग कुनै सम्बन्ध नभएको बताए । ‘हाम्रो आन्दोलन शुरु हुनुअघि नै हराएको रहेछ, कम्प्लेन आयो भने त्यतिबेला को डिउटीमा थियो, उसलाई कारबाही हुन्छ’–उनले भने ।

ठेकेदार कम्पनी जिफोरएसका सुरक्षा इञ्चार्ज वलराम निरौला माग जायज भएपनि यहाँका सुरक्षागार्डहरुले सरकारले तोकेको न्युनतम तलब पाइराखेको हुनाले वृद्धि तत्काल वृद्धि गर्ने अवस्था नभएको बताउछन् । यद्यपी, कम्पनीको व्यवस्थापनको टिम सोमबार धरान आउने र समस्याको पहल गरिने उनले बताए । प्रतिष्ठानले पनि सरकारले तोकेको न्युनतम तलब भन्दा ३ सय बढी पाउदै आएकोले बढाउन नसक्ने भनिसकेको छ ।
सुरक्षा गार्डहरु धर्नामा बसेको स्थानमा पुगेर झोला हराएको कम्प्लेन गर्दै ठाकुर नेपाल(सबैभन्दा बाँया उनीको टोपी लगाएका) ।
Comments
Post a Comment