धरानमा सुजुकीको नयाँ डिलर

भिजि अटोमोवाइल्सले बुधबार दिउँसो वृहत मेकानिकहरुसँग भेटघाट कार्यक्रम गर्यो भने साँझमा नयाँ डिलरको परिचयसँगै व्यापार सहकर्मीहरुको भेलाआयोजना गरेको थियो । प्रालिका सहायक महाप्रबन्धक अधिर कुमार श्रेष्ठका अनुसार पहिलो भेलामा धरानका ५० भन्दा बढी मेकानिक्सहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा श्रेष्ठसँगै सेवा प्रमुख बिके झाले सुजुकी मोटरसाइकलका विशेषता, सभिर्सिङ् सेवा, प्राविधिक पक्षलगायतका बिषयमा प्रष्ट्याएका थिए ।

धरानस्थित डिलका प्रबन्ध निर्देशक दुर्गा भुजेलका अनुसार हाल विभिन्न ५ मोडेलका मोटरसाइकल र स्कुटी ग्राहकहरुको लागि उपलब्ध छ । हाल स्कुटीमा एक्सेस १२५ सिटि. र स्वीस १२५ सिटि मोडलको रहेको छ भने मोटरसाइकलमा सिलिङ सट १२५ सिसि, हायते १२० सिसि र जिएस १५० सिसिको उपलब्ध छ । ‘आगामी जनवरीदेखि २ वटा नयाँ मोडलका मोटरसाइकल र एउटा स्कुटी नयाँ मोडेलको थपिनेछ, यी सबै युवा युवतीहरुलाई लक्षित गरेर उत्पादन गरिएको हो’–प्रबन्ध निर्देशक भुजेलले भने । शोरुममा हाल एक लाख ४९ रुपैयादेखि २ लाख ९ हजार रुपैयासम्मका स्कुटी एवं मोटरसाइकलहरु छन् । प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटी खरीदमा ग्राहकले बिशेष छुट पाउनुकासाथै बम्परमा सुजुकी कार र ३ थान एलसिडि टिभि पनि पाउने भेलामा जानकारी दिइएको थियो ।
Comments
Post a Comment