धरान जेसिज र जुनियर जेसिजमा नयाँ नेतृत्व


: धरान जेसिज २०१४ को लागि अध्यक्ष पदमा चुनिएका सुवासचन्द्र सिंह मन्तव्यको क्रममा ।

धरान । युवाहरुको क्षमता अभिवृद्धि एवं सामाजिकीकरणमा अग्रणी मानिएको संस्था धरान जेसिजको बर्ष २०१४ को अध्यक्षमा सुवासचन्द्र सिंह चुनिएका छन् ।
जेसिजको आइतबार अबेर राती सम्पन्न ३० औं शाखा अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । यसैगरि, बर्ष २०१४ को लागि कार्यकारीणी उपाध्यक्षमा सन्दिप शाक्य, मणिराज अधिकारी, लक्ष्मी राई चुनिएका छन् । यस्तै, उपाध्यक्षमा दिपेन्द्र निरौला, विदुर थापा, विकास सञ्जेल, लोकेन्द्र श्रेष्ठ र लिला राई निर्वाचिन भएका छन् भने जनसम्पर्क अधिकारीमा रोजिना अधिकारी चुनिएकी छिन् ।
पच्चिस सदस्यीय कार्यसमितिको महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकारलगायत अन्य सदस्यहरुलाई भने अध्यक्षले पदस्थापन समारोहमा मनोनयन गर्ने बताइएको छ । जेसिजमा यी पदहरुमा अध्यक्षलाई मनोनयन गर्ने अधिकार दिइएको छ । जेसिजमा पदावअधि सकिएको अध्यक्ष पनि निवर्तमान अध्यक्ष पदमा कार्यसमितिमा रहने व्यवस्था छ । निवर्तमान अध्यक्ष गौरव सञ्जेलको अध्यक्षतामा भएको अधिवेशनको क्रममा संस्थाका नयाँ सदस्यहरुबीच वत्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो भने निवर्तमान महासचिव सन्दिप शाक्यले संगठनिक प्रतिवेदन र कोषाध्यक्ष मनिराज अधिकारीले ९ लाख १४ हजार ४ सय ३५ रुपैयाको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
यसैगरि, धरान जुनियर जेसिजको १७ औं शाखा अधिवेशनले बर्ष २०१४ को लागि अनिल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा निवर्तमान अध्यक्ष संजय श्रेष्ठ, कार्यकारीणी उपाध्यक्ष सौजन श्रेष्ठ, माला घिमिरे रहेका छन् भने जनसम्पर्क अधिकारीमा अनिष श्रेष्ठ, उपाध्यक्षमा रोजिना श्रेष्ठ, मनिषा श्रेष्ठ, अनन्त राई, विमल परियार छन् । चार जना सदस्य भने पछि मनोनयन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे