जोइन ह्याण्डस्, सेभ लाइफको सहयोगमा ह्विलचियर र्याम्प

धरान ४, छाताचोक स्थित गृहका प्रमुख भिम राईलाई अहिले भने यो हैरानीबाट छुटकारा मिलेको छ । गृह प्रवेश गर्ने मुख्य गेटमा र गृहको ढोकाबाट आँगनसम्म अपांगमैत्री ह्विलचियर र्याम्प बनेपछि उनीसँगै बालबालिकाहरु पनि खुशी छन् । ‘अहिले धेरै सजिलो भएको छ, केटाकेटीहरु आफैले ह्विलचियर गुडाउन सक्छन्, यताउति डुल्न सक्ने भएका छन्’–मंगलबार गृहप्रमुख राईले भने । गृहमा विभिन्न जिल्लाका २३ जना बालबालिकाहरु छन् । ती मध्ये ६ जना अशक्त बालकह ह्विलचियर प्रयोग गर्छन् ।
गृहमा ज्वान ह्याण्डस्, सेभ लाइफ नामक युवाहरुको सामाजिक संस्थाले ह्विलचियर र्याम्प बनाइदिएको हो । वैदेशिक रोजगारीमा दुबईमा पुगेका बिक्रम लामा(आंखु)को पहलमा आफ्नो देशमा सामाजिक काम गर्ने उद्देश्यले सन् २०१२ मा यो संस्था गठन भएको थियो । यो संस्थाले भिन्न क्षमता भएका व्यक्तिहरुलाई र बिषेश गरि बालबालिकाहरुलाई प्राथमिकतामा राखेर विभिन्न सहयोग एवं सामाजिक काम गर्दै आइरहेको छ ।

संस्थाले पुर्नस्थापना गृह र सेतो गुराँस बालबिकास केन्द्रलाई एक एक थान डस्टविन पनि हस्तान्तरण गरेको छ । भविष्यमा पनि भिन्न क्षमता भएका बालबालिका एवं व्यक्तिहरुलाई सहयोग तथा युवाहरुलाई सामाजिक काममा प्रेरित गर्ने गतिविधिहरु गर्दै जाने संस्थाले जनाएको छ । संस्थाले यसअघि पूर्नस्थापना गृहमा विद्युत जडान गरिदिएको थियो भने मासिक शुल्क पनि तिरिदिदै आएको छ । यस्तै, लत्ताकपडा, शैक्षिक सामग्री वितरण र बेला बेला वनभोज कार्यक्रम पनि आयोजना गर्दै आएको छ । धरान १७ स्थित सयपत्री बालबिकास केन्द्रको भवन निर्माणको क्रममा यो संस्थाले २ वटा ढोका सहयो गरेको थियो । संस्थाले विभिन्न मुलुकमा रहेका युवाहरुबाट आर्थिक सहयोग जुटाएर सामाजिक काम गर्दै आएको छ ।
Comments
Post a Comment