धरानमा धुमधामले तमु ल्होछार मनाइदै

धरान । गुरुङ समुदायले नयाँ बर्षकोरुपमा मनाउने तमु ल्होछार पर्वलाई धरानमा पनि भव्यरुपमा मनाइदैछ । तमु ल्होछार २५९८ को अवसरमा तमु ह््युल छोंज धीं धरान नगर समितिको आयोजनामा धरान १८ स्थित बौद्ध गुम्बामा सामेबार भव्यरुपमा कार्यक्रम भइरहेको छ । गुरुङ समुदायले घोडा वर्ग(त लो)लाई नयाँ बर्षकोरुपमा स्वागत गरेका छन् भने सर्प वर्गलाई विदाई गरेका छन् । ल्होछार मनाउन धरानभरिका गुरुङ समुदायका केटाकेटी, युवादेखि वृद्धवृद्धाहरु पनि गुम्बामा भेला भएका छन् ।
सोमबार बिहानै पूजापाठ र ग्रहशान्ति गरिएको तथा गुरुहरुबाट आर्शिवाद थापिएको अध्यक्ष पृथ्वीमान गुरुङले जानकारी दिए । उनका अनुसार दिउँसो एकआपसमा शुभकामना आदानप्रदान हुनेछ । साथै, तमु राजाको घैटो फुटाउने खेल आयोजना हुने र फुटाउने व्यक्तिलाई एक बर्षको लागि नयाँ तमु राजा घोषणा गरिने उनले जानकारी दिए । धरानमा ५ सय घरधुरी गुरुङहरुको बसोबास रहेको अनुमान छ ।


















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे