अदुवा निकासीमा सिफारिश अनिवार्य

 धरान । नेपालमा उत्पादन भएको भन्दै चिनिया अदुवा भारततर्फ निकासी हुन थालेपछि भारत सरकारले भन्सारमा कडाई गर्दै व्यापारीहरुलाई अनिवार्य सिफारिश ल्याउनुपर्ने नियम लगाएको छ ।
भारतमा प्रतिबन्धित चीनीया अदुवालाई नेपाली व्यापारीहरुले नै स्वदेशी उत्पादन भन्दै निकासी गरेको रहस्य खुलेपछि भारतले यस्तो कदम चालेको हो । यो नियम पछ्याउदै नेपालका व्यापारीहरुले गत जेठ महिनादेखि धरान १३ स्थित कृर्षि उपज बजारस्थलबाट सिफारिश पत्र लिएर मात्रै अदुवा भारततर्फ निकासी गरिरहेका छन् । कृर्षि उपजले भारततर्फ निकासी हुने अदुवालाई नेपालमा उत्पादन भएको र यहीको कृषकबाट व्यापारीले खरीद गरेको भनेर प्रमाणित गरेर सिफारिश गर्ने गरेको छ ।
‘भारत सरकारले नेपालको अदुवा हो, होइन भनेर प्रमाणित गरेको सिफारिश पत्र हेरेर मात्रै निकासी गर्न दिन्छ, यहाँबाट सिफारिश नलगेमा भन्सा प्रक्रिया नै शुरु हुदैन’–कृर्षि उपज बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईले भने–‘चीनबाट आउने अदुवा रोक्न भारत सरकारले यस्तो नियम बसाएको हो ।’ गत जेठ महिनातिर भैरहवा नाकामा ठुलो परिणाममा चीनीया अदुवा भारतर्फ निकासी हुनैलाग्दा समातिएपछि कडाई भएको हो । व्यावस्थापक भटराईका अनुसार व्यापारीहरुले भैरहवा र जोगवनी नाकाबाट अदुवा निकासी गर्न यहाँबाट सिफारिश लैजाने गरेका छन् । तर, पूर्वी नाका काकडभिट्टा नाकाबाट भारततर्फ निकासी हुने अदुवालाई भने अहिलेसम्म सिफारिश पत्र नचाहिएको उनले बताए ।
पूर्वी क्षेत्रमा ठुलो परिमाणमा उत्पादन हुने अदुवाको ठुलो बजार भारत हो । यो क्षेत्रमा उत्पादन हुने अदुवा ९० प्रतिशत भारततर्फ निकासी हुने गरेको छ । भारतीय बजारमा अदुवाको माग बढी हुँदा यताका किसानहरुले राम्रो भाउ पाउछन् । गत जेठमा भारतीय बजारमा अदुवाको अत्यधिक माग हुदा कृषकहरुले प्रतिकिलो एक सय ६० रुपैयासम्म भाउ पाएका थिए । व्यापारीहरुका अनुसार चीनमा उत्पादन हुने हाइब्रिड अदुवा भएकोले भारतमा प्रतिबन्ध लगाइएको छ । तर, नेपालका केही व्यापारीहरुले चीनीया अदुवालाई लुकीछिपी र नेपालमा उत्पादन भएको भन्दै भारततर्फ पठाउछन् । यसले कृर्षिजन्य स्वदेशी उत्पादनको बजारलाई नकरात्मक असर परिरहेको कृषक एवं व्यापारीहरुको चिन्ता छ । ‘नेपालकै व्यापारीहरुको कारणले गर्दा समस्या भएको हो, चीनको अदुवालाई लुकीछिपी र नेपालको भन्दै भारत पुर्याउछन्’–अदुवाका थोक बिक्रेता विनोद कुलुङ भन्छन्–‘एउटा समुह नै यस्तो काममा लागिपरेको छ ।’ यहाँका व्यापारीहरुका अनुसार काठमाण्डौंमा दुई दर्जन बढी व्यापारीको एउटा समुहले चीनीया अदुवा ल्याएर रि–प्याक गरेर भारतको दिल्ली पुर्याउछ । त्यो अदुवाले नेपालमा उत्पादन भएको अदुवाको भन्दा बढी भाउ पाउने गरेको छ ।
पूर्वको इलाम र धनकुटा जिल्लामा अत्यधिकरुपमा अदुवा उत्पादन हुने गर्छ । यस्तै, सुनसरीको बिष्णुपादुका गाविस, मोरङको उत्तरी गाविसका साथै तेह्रथुम,भोजपुर,सखुवासभा,उदयपुर र खोटाङ्गमा पनि अदुवाको राम्रो उत्पादन हुने गरेको छ । धरानस्थित कृर्षि उपज सञ्चालक समितिका अनुसार यहाँ आएका अदुवा ९० प्रतिशत भारततर्फ निकासी हुन्छ । आर्थिक बर्ष ०६९।७० मा ५ हजार ६ सय ५० मेट्रिकटन अदुवाको कारोबार भएकोमा ५ हजार मेट्रिक टन भारततर्फ निकासी भएको थियो ।
विगत चार बर्षयता अदुवाको उत्पादन र कारोबारमा वृद्धि हुदै गएको देखिन्छ । आर्थिक बर्ष ०६५। ६६ मा २ हजार ५ सय १८ मेट्रिकटन अदुवाको कारोबार भएकोमा आर्थिक बर्ष ०६६। ६७ मा ३ हजार १ सय ९५ मेट्रिकटन, ०६७।६८ मा ३ हजार ४ सय २० मेट्रिकटन, ०६८।६९ मा ३ हजार ९ सय ५० मेट्रिकटन कारोबार भएको थियो । यस्तै, आर्थिक बर्ष ०६९। ७० मा अहिलेसम्मकै अत्यधिक ५ हजार ६ सय ५० मेट््िरकटन अदुवाको कारोबार भएको कृर्षि उपज बजारस्थलले जनाएको छ । बजारस्थल सञ्चालक समितिका अनुसार आर्थिक बर्ष ०६८।६९ मा जम्मा १० करोड मात्रै अदुवाको कारोबार भएकोमा आर्थिक बर्ष ०६९।७० मा ३२ करोड बराबारको अदुवाको कारोबार भएको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे