ह्विलचियर बास्केटवलमा धरान पनि सहभागी हुने

धरान । आगामी पुष महिनामा बुटवलमा आयोजना हुने राष्टिय ह्विलचियर बास्केटवल प्रतियोगितामा धरानबाट पनि पुरुष टिमले सहभागीता जनाउने भएको छ ।
जोइन ह्याण्डस्, सेभ लाइफले प्रतियोगितामा सहभागी हुने टिम तयार गरेर सम्पुर्ण खर्च व्यहोर्ने भएको छ । ‘टिम तयार गरेर ह्विलचियर प्रतियोगितामा भाग लिन्छौं, यसको सबै खर्च संस्थाले व्यर्होछ’–उपाध्यक्ष डम्बर लिम्बूले भने । प्रतियोगितामा सहभागी हुदा शारीरिकरुपमा असक्त भएकाहरुलाई हामी पनि कम छैनौं भन्ने सकारात्मक सोचको विकास गराउने अपेक्षा लिएको उनले बताए ।
संस्थाका अनुसार प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई एक सातासम्म धरानमा प्रशिक्षण दिइनेछ भने बुटवलसम्मको यातायात खर्च र खानाको खर्च पनि संस्थाले नै व्यहोर्ने छ । प्रतियोगितामा सहभागी हुन ७ जना खेलाडी, ४ जना सहयोगी(केयर गिभर) र एक जना प्रशिक्षक जानेछन् । टिमको कुल खर्च ६६ हजार लाग्ने अनुमान गरिएको संस्थाले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे