होटल तोडफोड गर्ने तरुण दलका उपसभापति पक्राउ

धरान । मदिरा पिएर मध्यरातमा होटल तोडफोड गरेको आरोपमा प्रहरीले कुले भनेर चिनिने तरुण दलका नगर उपसभापति रञ्जन राईलाई पक्राउ गरेको छ ।
सोमबार मध्यरातमा धरान १८, शिवमार्गस्थित फाष्ट फुड एण्ड तास हाउस तोडफोडको आरोपमा प्रहरीले मंगलबार बिहानै घरबाटै राईलाई पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर म्याद थप पनि गरिसकेको जनाएको छ । राती करिब पौने १२ बजे जर्बजस्ती होटल खोल्न लगाएर वियर पिएपछि तोडफोड गरेको प्रहरी निरीक्षक ओमप्रकास खनालले बताए । ‘बन्द भइसकेको तास हाउसलाई जर्बजस्ती खोल्न लगाएर वियर खाएछन्, पछि धम्की दिदै उल्टै टेवल, सिसा, कुर्सी, गमलाहरु फुटाएछ’–प्रहरी निरीक्षक खनालले भने ।
आरोपित राईविरुद्ध यसअघि पनि धरान १८ बुद्धाचोकमा जग्गा कारोबार गर्ने माया राईको घरमा ढुंगामुढा र ज्यान मार्ने धम्की दिएपछि पक्राउ परेका थिए । त्यसबेला पनि उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलेको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए । तरुण दलमार्फत राजनीतिमा छिरेपनि उनी अराजक व्यहारबाट अत्यधिक आलोचित छन् । सोमबार रातीको घटनामा पीडित तास हाउस सञ्चालकलाई मिल्न दबाब परेपछि पीडितले प्रहरीमा उजुरी भने दिएका छैनन् ।
तास हाउस सञ्चालिका बविता राई होटल तोडफोड भएपनि समाजमा मिलेर गरिखानु पर्ने भएकोले उजुरी नदिएको बताइन् । ‘यही बसेर गरिखानुपर्छ, समाजमा मिलेरै बसौं भनेर उजुरी नदिएको हुँ’–सञ्चालिका राईले भनिन् । उनका अनुसार मध्यरातमा बाहिरैबाट मातेर आएका राईले बन्द भइसकेको तास हाउसलाई जर्बजस्ती खोल्न लगाएका थिए । अर्का एक व्यक्तिसँग आएका उनले दुई वटा वियर पिइसकेपछि आफु लोकल भएको धाक दिर्दै निहुँ खोज्न थाले । ‘म लोकल हुँ, चिनिनस भन्दै गालैगलौज शुरु गर्यो, मेरो स्टाफहरुलाई धम्की दियो । कुनै कारण विनै तोडफोड गर्यो’–उनले भनिन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे