रवि खड्का बने इष्र्टन ओपन च्याम्पियन

धरान । सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिता २०१३ को उपाधि साविक विजेता रवि खड्काले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लब कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा कुल ३ ओभर २८३ स्कोरका प्रथम हुदै खड्काले उपाधि जितेको हुन् ।
शनिबार अन्तिम दिनको खेलमा उनले लेभल पार ७० को स्कोर बनाएका थिए । गत बर्षका पनि विजेता खड्काले उपाधि ट्रफीसँगै नगद ९५ हजार हात पारे । खड्काले प्रतियोगिताको पहिलो दिन १ ओभर ७१ स्कोर बनाएका थिए भने दोस्रो दिन ६ ओभर ७६ र तेस्रो दिन ४ अण्डर ६६ को कार्ड बनाउदै अग्रस्थानमा उक्लिएका थिए । उपाधि जोगाउन सकेकोमा खड्काले खुशी हुदै भने: ‘उपाधि रक्षा गर्न सके, खुशी छु । तेस्रो दिन राम्रो खेलेकोले नै जित्ने आशा थियो’ ।
यस्तै, प्रतियोगितामा २ स्ट्रोकले पछि परेका उमेश नगरकोटी कुल ५ ओभर २८५ स्कोरका साथ दोस्रो भए । उनले नगद ६० हजारमा चित्त बुझाए । शनिबार नगरकोटीले पनि लेभर पार ७० को कार्ड बनाएका थिए । प्रतियोगिताको पहिलो दिन ६ ओभर ७६, दोस्रो दिन १ अण्डर ६९ र तेस्रो दिन लेभर पार ७० को स्कोर गरेका थिए । यसैगरी, स्थानीय व्यावसायिक गल्फर सुमन राई कुल ७ ओभर २८७ स्कोरका साथ तेस्रो हुदै नगद ४४ हजार थापे । शनिबार उनले २ ओभर ७२ को कार्ड बनाएका थिए ।
प्रतियोगितमा धरानका मणि राई र धन थापा संयुक्तरुपमा चौथो हुदै जनही ३४ हजार हात पारे भने दिपक थापा मगर छैटौं स्थानमा रहदै नगद २९ हजार थापे । यसैगरि, थामबहादुर राई सातौं स्थानमा रहदै नगद २५ हजार पाँच सय, आठौं स्थानमा संयुक्त रहदै रमेश अधिकारी र सुर्यप्रसाद शर्माले जनही नगद २१ ह्जार ७ सय ५० रुपैया थापे । संयुक्तरुपमा १० औं स्थानमा रहदै राम थापा र सञ्जय लामाले जनही नगद १७ हजार हात पारे भने धरानका देवराज पाख्रिन १२ औं, सविन सापकोटा १३ औं स्थानमा रहे । प्रतियोगितामा २२ औं स्थानसम्मका व्यावसायिक खेलाडीहरुले नगद पुरस्कार हात पारेका थिए ।
प्रतियोगितामा एमेच्योरतर्फ कुल १६ ओभर २९६ स्कोरका साथ धरानका बबिन्द्र राई च्याम्पियन बने भने दिनेश प्रजापति कुल २३ ओभर ३०३ स्कोरका साथ दोस्रो भए । उनीहरु दुवैले विजेता र उपविजेता ट्रफी हात पारे । सुर्य नेपालको मुख्य प्रायोजन तथा नेपाल प्रोफेसनल गल्फर एशोसिएशनले आयोजना गरेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई सुनसरी जिल्ला गल्फ संघका अध्यक्ष मेजर डि.बि.राई, सचिव तिलक राई, धरान गल्फ संघका अध्यक्ष पुर्ण लिम्बू सुनसरी टेक्निकल कलेजका संस्थापक अध्यक्ष लेखिराज सुब्बा र निर्वाणा कन्टी क्बलका श्याम नेपालीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा आइतबार प्रो–एम खेल हुने आयोजकले जनाएको छ ।

                             च्याम्पियन रवि खड्का ट्रफी चुम्दै (माथि)


                                   दोस्रो पुरस्कार विजेता उमेश नगरकोटी (माथि)


                                     तेस्रो भएका धरानका सुमन राई(माथि)



             एमेच्योरतर्फका विजेता बबिन्द्र राई(माथि)


                             एमेच्योरतर्फका विजेता बबिन्द्र राई(माथि)


                           एमेच्योरका उपविजेता दिनेश प्रजापति(माथि)














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे