सुनसरीको यु १३ गल्र्स टिमको प्रशिक्षण

मैदान पुगेपछि केही समय वामअप गर्छिन्, र ७ बजेदेखि दुई घण्टासम्म कडा फुटबल अभ्यासमा ब्यस्त हुन्छिन् । हिजोआज तापक्रम विस्तारै घट्दै गएपनि सबेरै ओछ्यान छोड्न उनलाई झञ्झट लाग्दैन । फुटबलप्रतिको मोहले झनै जाँगर चलेको उनको भनाई छ । घर पटनाली गएको बेला त उनी बिहानै ३ बजे नै उठेर धरान धाउछिन् । सोमिका झै जाँगरिली डेढ दर्जन किसोरीहरु यतिबेला धरानमा फुटबलको बन्द प्रशिक्षणमा छन् । ती सबैको एउटै उद्देश्य छ, एन्फा यू–१३ गल्र्स फुटबल प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने र आगामी बर्ष हुने एएफसी यु–१४ गल्र्स टुर्नामेन्टकोलागि राष्टिय टिममा छनौट हुने ।
यही मंसिर ३० गतेदेखि पुष ६ गतेसम्म हेटौडामा एन्फा यू–१३ गल्र्स फुटबल प्रतियोगितामा आयोजना हुदैछ । उक्त प्रतियोगितामा भाग लिन सुनसरीको विभिन्न स्थानबाट छनौट भएका १६ जना किसोरीहरु साता दिन अघिदेखि धरानमा बन्द प्रशिक्षणमा छन् । ती मध्ये एक हुन्, इटहरीकी १३ बर्षिय सुष्मिता राई । विराटनगरमा आयोजित कोकाकोला छात्रा फुटबल प्रतियोगिताको अनुभवसमेत लिइसकेकी उनी मैदानमा यु–१३ सुनसरी टिमको गोलकिपरको जिम्मेवारी सम्हालेन्छिन् । भविष्यमा कुनै विभागीय टिमबाट फुटबल खेल्ने सपना बुनेकी सुष्मिता हेटौडामा राम्रो खेल प्रर्दशन गर्ने र यु–१४ एएफसिको राष्टिय टिममा पर्ने आशा बोकेकी छिन् । ‘ट्रेनिङ राम्रो भइरहेको छ, प्रतियोगितामा हाम्रो टिमले राम्रो खेल्छ’–उनले भनिन् ।

प्रशिक्षक रानाका अनुसार हेटौडामा हुने एन्फा यु–१३ मा सुनसरीसहित नेपालका १२ वटा जिल्लाका गल्र्स टिमले सहभागीता जनाउदैछ । त्यहाँबाट उत्कृष्ट खेलाडीहरु छनौट गरेर आगामी बर्ष हुने एएफसी गल्र्स टुर्नामेन्टको लागि एन्फाले यु–१४ राष्टिय टिम बनाउनेछ । प्रतियोगितामा सहभाग हुन सुनसरीको गल्र्स टोली शनिबार हेटौडातर्फ प्रस्थान गर्नेछ । सुनसरीले पहिलो खेल मंसिर ३० गते कैलालीसँग र दोस्रो खेल पुष २ गते चितवन जिल्लासँग खेल्नेछ । ‘हाम्रो लक्ष्य प्रतियोगिता जित्ने हो, हाम्रो धेरै भन्दा धेरै खेलाडीहरुलाई यु–१४ को राष्टिय टिममा पर्न सकोस् भन्ने चाहना पनि छ’–प्रशिक्षक रानाले भनिन् । टिममा कोकाकोला छात्रा फुटबल र एनसेल कप खेलिसकेका अनुभवी खेलाडीहरु पनि भएकोले राम्रो प्रर्दशन हुने प्रशिक्षक रानाको अपेक्षा छ ।
Comments
Post a Comment