सुर्यप्रसादको टिमलाई प्रो-एम उपाधि
धरान । सुर्य नेपाल इष्टर्न ओपन टुर्नामेन्ट २०१३ अन्र्तगतको प्रो–एम स्पर्धाको उपाधि व्यावसायिक खेलाडी सुर्यप्रसाद शर्माको टिमले जितेको छ ।
निर्वाणा कन्ट्री क्लबस्थित पार ७० को गल्फ कोर्षमा पाँचौ दिन भएको प्रो–एम स्पर्धामा १२ अण्डर ५८ स्कोर गर्दै शर्माको टिमले उपाधि जितेको हो । व्यावसायिक खेलाडी शर्माको टिममा एमेच्योर खेलाडीहरु अंशु लिम्बू, सुवर्ण लिम्बू र प्रताप लिम्बू थिए । स्ट्रोक प्ले स्क्राम्बल आधारमा खेलमा विजेता टिमले फ्रन्ट नाइनमा ६ अण्डर २९ र ब्याक नाइनमा पनि ६ अण्डर २९ को कार्ड बनाएका थिए ।

तेस्रो भएको टिमले फ्रन्ट नाइनमा ४ अण्डर ३१ र ब्याक नाइनमा ६ अण्डर २९ को कार्ड बनाएको थियो । यो टिममा व्यावसायिक खेलाडी पाख्रिनसँग एमेच्योर खेलाडीहरु भुवन गुरुङ, राम तामाङ र राजकुमार राई थिए । सो स्पर्धामा लङ्गेष्ट ड्राइभको पुरस्कार नेपाल प्रहरीका वरीष्ठ प्रहरी उपरीक्षक(एसएसपी) राजेन्द्र श्रेष्ठ र क्लोष्जेट टु दि पिनको पुरस्कार बिक्रम परियारले हात पारेका थिए । विजेता खेलाडीहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बीपी दास, नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, एसएसपीद्धय यादवराज खनाल, राजेन्द्र श्रेष्ठ र नेपाली सेनाको इटहरीस्थित पूर्वीपृतनाका कर्णेल सुरेश बाँनियाले पुरस्कार वितरण गरेका थिए ।

Comments
Post a Comment